नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९


१६ भदौ, नेपालगञ्ज / नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार
आयोजना गरेको नियमित सञ्चार ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएकाेमा कोरोना पुष्टि हुनेमा ३४४ महिला र ७२५ जना पुरुष गरी १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ।

काठमाडौं उपत्यकामा ४ सय ८१ सहित १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर अनुसार मंगलबारसम्म पीसीआर विधिबाट ७ लाख ५ हजार ५६० परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार ११२ जना रहेको छ ।
नेपालमा कोरियाबाट हालसम्म २३० बढीको मृत्यु भईसकेको छ ।