नेपालगञ्जको भेरी अस्पतालमा नेपालमै पहिलो पटक कोरोना बिरुद्धको प्लाज्मा थेरापी उपचार बिधि आसाबादी

कोरोना भाईरस संक्रमणका कारण गम्भी हुनुभउको बिरामी र प्लाज्मा थेरापी उपचारका लागि आवश्यक पर्ने रक्तदान गर्दै वडा अध्यक्ष प्रमोद रिजाल ।

१८ भदौ,नेपालगञ्ज / कोरोना पोजेटिभ भएका बिरामीहरुमा प्लाज्मा थेरापी उपचार बिधि आसा जनक रुपमा सफल भएको भेरी अस्पतालले जानकारी दिएको छ ।

गत भदौ १३ गते कोरोना भाइरस संक्रमण पहिचान भई भेरी अस्पतालमा उपचाररत २९ बर्षीय पुरुषमा बाध्यताबश प्लाज्मा थेरापी उपचार बिधि अंगिकार गरेकोमा उक्त उपचार बिधिले सकारात्मक परिणाम दिएको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालले बिहिबार बिहान आफनो आधिकारी फेसबुक पेजमा एक जानकारी नोट अपडेट गर्दै गत भदौ १४ गतेबाट शरीरमा अक्सिजनको मात्रा कमी भइ अधिकतम मात्रामा अक्सिजन दिंदा पनि सुधार नभएको उक्त युवकको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको थियो ।

प्लाज्मा थेरापी उपचारका लागि आवश्यक पर्ने रक्तदान केही दिन अघि कोरोना पोजेटिभ भएर निको हुनुभएका नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १ का एमालेबाट निर्बाचित वडा अध्यक्ष प्रमोद रिजाले गर्नुभएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा कोभिड डेडिकेटेड आइसियु पुर्ण सञ्चालन आइ नसकेको र अन्यत्र रिफर गर्न पनि सम्भव नभएकोले आइसोलेसन वार्डमै तत्काल CPAP (Continuous Positive Airway Pressure) बाट स्वास प्रश्वास सम्बन्धि व्यवस्थापन गरि गहन रुपमा निगरानीमा  बिरामीलाई राखेको थियो ।

उक्त बिरामीमा भेरी अस्पतालमै पहिलो पटक भदौ १६ गते प्लाज्मा थेरापी पनि सुरु गरिएकोमा बिहिबार बिहान उपचारको पाचौं दिनमा उक्त बिरामी युवकको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भेरी अस्पतालले जनाएको छ ।