पछिल्लो २४ घन्टामा १२ सय २८ जनामा कोभिड-१९ संक्रमण


१८ भदौ, नेपालगञ्ज / पछिल्लो २४ घण्टामा नेपालमा थप १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. गौतमले हालसम्म नेपालमा ४२ हजार ८७७ जना संक्रमित भएको जानकारी दिनुभयो ।