जो थियो म सँग………


जो थियो म सँग………

रहर थियो टलेर गयो, जो थियोे म सँग।
सँधैको लागि खलेर गयो,जो थियो म सँग।।

खाएको थियो नछुट्ने बाचा,सिंदुर भरेर,
तोडेर तर छलेर गयो, जो थियो म सँग।।

बलियो थियो भरको थाम,खै ले खाएछ ।

सकेन थेग्न ढलेर गयो, जो थियो म सँग।।

चट्टाने झैँ त्यो लाग्थेन गल्छ,साहस उ भित्र ।
तै पनि आज गलेर गयो,जो थियो म सँग।।

भक्कानो फुटी बगेर मूल, खहरे उर्लियो,
खरानी भयो जलेर गयो, जो थियो म सँग।

चिरञ्जीवी ढकाल
नेपालगञ्ज -२०
राँझा एयरपोर्ट, बाँके