१९ भदौ, नेपालगञ्ज/ नेपालमा पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ८० पीसीआर परीक्षण गर्दा १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १३ सय ५९ जनामा संक्रमण भएसँगै शुक्रबार ४४ हजार २३६ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा १३ सय ५४ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् । संक्रमणहरु मध्ये भएको छ
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ४ सय ५४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित देखिएका हुन् । यो सगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम झन झ बढदै गएको छ ।
हाम्रो संरचना । १९ भाद्र २०७७, शुक्रबार १७:११