रुकुम र जाजरकोटबाट करोडौं मुल्य पर्ने २६ किलो अफिम सहित ५ जना पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय बीरेन्द्रनगर, सुर्खेत ।

२२ भदौ, नेपालगञ्ज/  प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष प्रहरी टोली २६ किलो लागुऔषध अफिम सहित गत शनिबार ५ जनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष प्रहरी टोली, लागु औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार राती रुकुमको नलगाड नगरपालिका वडानम्बर ९ जाजरकोट निवासी ३७ वर्षीय प्रेम बहादुर सिंह,४० वर्षीय मान बहादुर सिंह र ३२ वर्षीय तप बहादुर सिंहलाई सोही ठाउंबाट १६ किलो अफिम सहित पक्राउ गरेको छ ।

बरामद लागुऔषध अफिम सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभएको छ ।

यसैगरी शनिबारै नै कर्णाली प्रदेश प्रहरीको विशेष टोली, औषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका–२ छेप्का जाजरकोट स्थित सडकमा हिँडिरहेको समयमा सोही वडाको चावले चौर निवासी ४२ वर्षीय मान बहादुर विष्ट र तातोपानी गाउँपालिका–५ जुम्ला निवासी हरिचन्द्र डाँगीलाई १० किलो लागु औषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रवक्ता बाँस्तोलाका अनुसार डाँगी र विष्ट दुवै जनाबाट ५१ हजार नगद र २ थान मोबाइल बरामद गरिएको तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइएको छ ।
पक्राउ परेको अफिम स्थानिय बजारमा प्रति १ ग्राम नेपाली रुपैया ८ देखी १० हजार सम्म खरिद गरेर द्रुब्यसनीहरुले प्रयोग गर्ने गरेको लागु औषधी सेवन गर्ने गरेको नियन्त्रणमा काम गरिरहेका प्रहरी अधिकारीहरुले जानकारी दिनुभएको छ ।

उक्त जानकारीका अनुसार पक्राउ परेको अफिमले नेपालको स्थानिय सामाजिक अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने त देखीन्छ नै धेरै युवाहरुको भबिष्य समेत बर्बाद पार्ने कार्यबाट नेपाल प्रहरीले रोक्न सफल भएको देखिन्छ ।