नेपालगञ्ज उप-महानगरपालिका शोकमा डुब्यो: आगामी आईतबार सम्म कार्यालय बन्द

नेपालगञ्ज उपमहानगरको कार्यालय परिसरमा शोक भेलामा उपस्थित कर्मचारी तथा कार्यपालिका सदस्यहरु ।

२२ भदौ, नेपालगञ्ज/  नेपालगञ्ज उप-महानगरपालिका परिवार सोमबार दुखःका साथ गहिरो शोकमा डुबेको जनाएको छ ।
कार्यालयका पुराना इमानदार र सबैका प्रिय समेत रहनुभएका युवराज घलेको कोरोनाका कारण आइतबार राती निधन भएपछी नेपालगञ्ज उप-महानगरपालिका परिवार सोमबार कार्यालयको प्रांगनमा शोक भेला समेत भएको छ ।

पहिलो पटक नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १ का वडा अध्यक्ष  सहितको जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण भएकोमा केही दिन अघी मात्र वडा अध्यक्ष सहित केही निको भएर भर फर्किनुभएको छ भने केही अझै आइसोलेसनमा हुनुहुन्छ ।

घलेको असमायिक निधनपछी भेला भएका कर्मचारीहरु तथा नगर प्रमुख, उप-प्रमुख समेतले शोक ब्यक्त गर्दै उप-नगरपालिका सोमबार कार्यालय बन्दै गर्ने र कोरोना संक्रमणको जोखिम बढेकाले आगामी आइतबार सम्म कार्यालय बन्द गर्ने सोही भेलामा जानकारी गराउदै नगरपालिकामा निर्णय गरिएको छ ।
नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले घलेको निधनबाट उप-महानगरपालिकाले एउटा इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउँदै शोक सन्तप्त परिवारमा हार्दिक समबेदना ब्यक्त गर्नुभएको थियो ।