बांकेमा आज ३६ जना घर जादै: कहां-कहां देखियो कोरोना ? नियन्त्रणमा के-के छन चुनौती !

 

# मेराज सिद्धिकी#

२५ भदौ, नेपालगञ्ज/  पश्चिम नेपालको इतिहासिक प्रमुख शहर नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमणका बिरामीहरु संख्यामा उकालो लागेको लाग्यै छ । बुधबार पनि बांके जिल्लाका मात्र १९ जना महिला र ५४ जना पुरुष गरि ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछील्लो २४ घण्टाको अध्यावधी रिपोर्ट सगै बांकेमा कोरोना संक्रमण हुनेहरुको संख्या १३४५ जना पुगेको छ । संक्रमित मध्य ९४९ जना सम्भाबित जोखिमका १४ दिन आइसोलेसनमा बिताएर हाल घरमै आराम गर्दै हुनुहुन्छ भने केही आफनो नियमित काममा फर्किसक्नु भएको छ ।

यस क्रममा केही दिर्घरोगी समेत रहनुभएका बांकेका ८ जना को निधन भएको छ । बिहिबार बांकेका बिभिन्न १० वटा आइसोलेसन सेन्टरबाट ३६ जना घर फर्किदै हुनुहुन्छ । यो पछील्लो रिपोर्टसगै बांकेमा आइसोलेसनमा बस्नेहरुको संख्या ३८८ जना रहनुभएको छ, । जसमा महिलाहरको संख्या झण्डै ३५ प्रतिशत रहेको छ ।

बांकेमा कोरोना संक्रमणहरुको सार्वजनिक भएको बिवरणहरुको आधारमा नेपालगञ्ज उप महानगरका प्रया सबै वडाहरुका बासिन्दामा यो कोरोना संक्रमण भएको देखिएको पाइएको छ । नगरको बढी जसो वडानम्बर १ धम्बोजी, वडानम्बर ४ गणेशपुर, वडानम्बर ९ नयांबस्ती, वडानम्बर १० आदर्शनगर, वडानम्बर ११ त्रिभुवन चौक, महेन्द्र पार्क, वडानम्बर १२ कोरियनपुर बेलासपुर, वडानम्बर १८ कारकांदो संख्यात्मक रुपमा अली संक्रमितहरु बढीरहेका छन ।
त्यसैगरि हाल सम्मको रिपोर्टको आधारमा बांकेको राप्तीसोनारीको वडानम्बर ८, नरैनापुरको वडानम्बर ६, कोहलपुरको वडानम्बर ११, जानकीको वडानम्बर ३, खजुराको बजार क्षेत्रमा अली बढी देखिएकोमा केही क्षेत्रमा नियन्त्रण जस्तै फाटटफुटट केसहरु देखिएका छन भने केहीमा निरन्तर बढीरहेको छ ।

त्यसैगरि बांकेमा कोरोना संक्रमित पाइएका सार्वजनिक ठाउंहरुमा

नेपालगञ्ज नगरपालिका
आन्तरिक राजश्व कार्यालय
तुल्सीपुर उच्च अदालत नेपालगञ्ज इजलास
दुरसञ्चार कम्पनी,नेपालगञ्ज
वडा प्रहरी कार्यालय, नेपालगञ्ज
जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज, बांके
नेपाली सेना, कौशिलानगर, कोहलपुर
नेपालगञ्जका केही बाणिज्य तथा बिकास बैक र बित्तिय संस्थाहरु
कोहलपुर र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत डाक्टर तथा स्वाथ्यकर्मिहरु
भेरी अस्पतालमा कार्यरत डाक्टर तथा स्वाथ्यकर्मिहरु
नेपालगञ्ज कारागार
यातायात बयवस्था कार्यालय
कोहलपुर नगरपालिका
जिल्ला प्रशासन कार्यालय, बांके
ब्यापारीक प्रतिष्ठाका केही ब्यक्तीहरु
राजनितिक दलका जिल्ला स्तरिय नेताहरु
निजि कम्पनी तथा ब्यबसायिक फर्ममा कार्यरत ब्यक्तीहरु
केही जनप्रतिनिधिहरु तथा
पत्रकारहरुलाई समेत कोरोना संक्रमण भएको पाइएको छ ।

यसरी उपरोक्त ठाउंमा कार्यरत ब्यक्ती र बस्नेहरुको आर्थिक हैसियतले तुलनात्मक रुपमा अध्ययन गर्दा प्रया: मध्यम बर्गिय र सामाजिक रुपमा हेर्दा चलायमान भइरहनुपर्ने ब्यक्तीहरुमा कोरोना बढी संक्रमण भएको देखिन्छ ।  यो भनेको बांकेमा कोरोना संक्रमण फैलन सक्ने संकेतको रुपमा लिन सकिन्छ । किनकी चलायमान ब्यक्तीहरु सामाजमा यात्रारत जिवन हुने गर्दछ ।

बांकेमा कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन कार्यमा प्राबिधिक रुपले नियन्त्रण बाहिर जानसक्ने पनि घटनाक्रमहरुले पनि देखाउदै गइरहेको छ ।
बांकेको कोरोना संक्रमण ब्यवस्थापन टिमको स्वास्थ्य क्षेत्रमा खटिएका ब्यक्तीहरुमा अनावश्यक दवाबमा स्वाब संकलन गर्नु र गर्न लगाउनु  । स्वाब संकलन पछी तुरुन्तै रिपोट चाहियो भनेर दवाब दिनु । स्वाब संकलनको लागि लाइनमा नबसेर काममा खटिएका स्वाथ्यकर्मिहरु तथा ब्यवस्थापन पछलाई धम्कयाउनु ।

कोरोना संक्रमित ब्यक्तीहरु यती धेरै पोजेटिभ केस आएका कारणले पहिलो ब्यक्तीकै टेसिंगमै सम्वन्धीत टिम अलमलिएर बिरामी भएपछी मात्र गरौंला नत्र देखाजालाको मानसिक्ता बनाएर ब्यवस्थापनमा लापरबाही बढदै जानु । स्वास्थ्यकर्मिहरु नै संकेत सहितको कोरोना संक्रमणको सख्या बढदै जानु । संक्रमितहरुको आइसोलेसनमा नियमित खानपान र सरसफाईमा जस्ता थुप्रै कुराहरुमा लापरबाही बढदै जानु ।

स्वाब संकलनको क्रममा अहिल्य सम्म पनि स्वाब संकलन गरिएका ब्यक्तीहरुको ठाउं ठेगाना लगायतका बिवरणहरु सहि उल्लेख भएर आउनु नसक्नु लगायतका कम गर्नेक्रममा चुनौतीहरु थपिएका छन ।

बांकेमा साच्चिकै कोरोना संक्रमण रोकथाम गर्नको लागि वडास्तरमा जनप्रतिनिधिहरुको टिमलाई बाध्यकारी भएर परिचालन गर्नुपर्दछ । जसलाई आ–आफनो वडा कार्यालयहरुमा कोरोना संक्रमितहरुको पहिचान गरेर संक्रमितहरुको ब्यवस्थापन, उहांहरुको टेसिंग लगायतको काममा सहयोग लिनुपर्दछ ।

हाल सार्वजनिक कार्यालयहरुमा कार्यरत ब्यक्तीहरुमा कोरोना संक्रमण पाईएकोआधारमा र केही संकेत सहितका बिरामी, केही पावरका आधारमा, केही चिनजानेको आधारमा स्वाब संकलन गरि परिक्षण गर्ने कार्य भइरहेको छ ।

समूदायमा कोरोना संक्रमणले भयाबह रुप लिनु भन्दा पहिल्य नै बांकेको कोरोना संक्रमण ब्यवस्थापन समितिलाई बिस्तार गरि वडा कार्यालय सम्म पुयाएर परिचालित गर्नुपर्दछ ।

त्यसका लागि तुलनात्मक रुपमा कोरोना संक्रमणको दौरानमा जनप्रतिनिधिहरुको भुमिका बढी हुनुपर्ने भएकाले जनप्रतिनिधिहरुलाई बाध्यकारी भएर लाग्नु र लगाउने बातावरण बनाउनु पर्दछ । कोरोनाका नाममा सुरुमै राहत बांडनमा मस्त केही ब्यक्तीहरु तथा जनप्रतिनिधिहरुको अव आएर कर्तब्य तथा जिम्मेवारी बहन गर्न अगाढी सर्नुपर्दछ । केहीले गदै आएको र केही मस्त मञ्जा पनि भइरहेको अवस्थामा सबै वडाका जनप्रतिनिधिहिरु इमान्दार कर्तब्यनिष्ठ भएर यो कोरोना महामारीको समयमा सेवा भाव भावनाले स्वइच्छाले अगाढी आउनुपर्दछ ।