२६ भदौ, नेपालगञ्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित कार्यालयले भेरी अस्पतालमा गत साउन ८ गते छापामारी स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ सहित कम्प्युटर सहायक अरुणराज खनाललाई नियन्त्रणमा लिएको घटनामा अस्पतालका प्रमुख सहित ५ जना जाक्किने सम्भावना प्रवल बन्दै गएको छ ।
अख्तियारको नेपालगञ्ज कार्यालयले नगद रकम सहित घटनास्थलमा नै अभियुक्त खनालसंग लिएको बयानमा बरामद गरिएको रकम अस्पतालका नाममा बिभिन्न पार्टीहरुबाट कमिशन बापत लिएको र आपसमा बांडेर खाने गरेको साबिति बयान दिएपछी अस्पताल भित्रको कमिशनको चक्करमा हुने गरेको भष्टाचारको पोल खुल्दै गएको हो ।
अख्तियारले अभियुक्त नगद सहित पक्राउ परेका खनाललाई नियन्त्रणमा लिएर अख्तियारको काठमाण्डों स्थित केन्द्रिय कार्यालयमा लिएर थप बयान लिएपछी मिलेमतोमा हुने गरेको भ्रष्टाचारको थप पोल खुल्दै गएर अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा, लेखा अधिकृत माधव आर्चाय, लेखापाल इन्द्र खत्री, सहायक लेखापाल प्रेम खत्री समेतलाई अख्तियारको केन्द्रीय कार्यालयमा लम्बा बयानबाजी तथा गहिरो छानबीन भई अभियोग पत्र तयार गरि अख्तियारले मुद्धा दर्ताको तयारी गरेको छ ।
छानबीनको क्रममा अस्पतालमा बिभिन्न समानहरु सप्लाई गरेका ब्यक्तीहरुले के-कती ? कसरी कमिशनको रकम दिएको त्यसको समेत सबुत प्रमाण जुटाउने क्रममा अख्तियारले नेपालगञ्ज स्थित कार्यालय मार्फत कमिशन रकम दिने बिभिन्न ब्यक्ती तथा फर्महरुका सम्वन्धीत ब्यक्तीहरुलाई बोलाएर साबिति बयान समेत लिइसकेको छ ।
साबिति बयानमा समान सप्लायर्सहरु मध्य एउटै पार्टीहरुबाट १ लाख ८० हजार सम्म उठाएको रकमका बिषयमा सबै तिरबाट पैसा दिएको प्रमाण जुटेपछी कमिशन दिने ब्यक्तीहरुले पनि यसो खर्चपानी दिएको बयान दिएर फर्केका छन ।
अख्तियारले अस्पतालमा भएको कमिशन काण्डको भ्रष्टाचार छानबीनका क्रममा ब्यक्तीगत बिवरण देखी सञ्चार सामाग्रीको प्रयोग, त्यसमा संलग्नको प्रमाण सहितको साबिति बयान, आवश्यक कागजात लगायतको क्षेत्रबाट सुक्ष्म अनुसन्धान गरि अभियोजन पत्र तयार गरिरहको अख्तियारको अनुसन्धान कार्यले देखाएको छ ।
यसका लागि १ जना आयुक्तको मातहतमा रहने १ जना तोकिएको अनुसन्धान अधिकारी सबै कोणबाट छानबीन गरि बिशेष अदातलमा मुद्धा तयारीको अभियोजन पत्र तयारी गरेपछी प्रचतिल ऐन नियम कानुन समेत मध्यनजर गर्दे त्यसको मात्रात्मक र संम्भाबित प्रभावको बारेमा आयुक्तसंगको परामश गरि निर्णय गरि अगाढी बढने गर्दछ ।
भेरी अस्पतालमा उक्त नगद सहित अख्तियारको छापा, अस्पतालमा भएको अन्य अनियमितता र भ्रष्टाचारको बिषयमा परेको उजुरी लगायतको बिषयमा थप प्रमाण जुटाउने क्रममा अख्तियारले अस्पतालमा छापामारी स्रोत नखुलेको रकम सहितको ठुलो मात्रामा पैसा फेला परेपछी अस्पतालमा हुनेगरेको कमिशन काण्डको प्रमाण जुटाउन अख्तियारलाई झन थप सजिलो भएको थियो ।
छानबीनको क्रममा अख्तियारले नियन्त्रणमा लिएर बयान लिएका र पछी तानीएका गरि ५ जनाको बयानमा आफुहरुले अस्पतालमा बिभिन्न ब्यक्ती तथा फर्मबाट कमिशन नखाने गरेको र उक्त छापा मार्दा बरामद गरेको रकम कमिशनको नभएको भन्ने बयान दिन गएका अस्पताल प्रमुख सहित पांचै जनाले उक्त प्रमाण आफनो पक्षमा जुटाउन नसकेको र अख्तियारले अनुसन्धानको क्रममा फेला पारेको र भेटिएका प्रमाणको अगाढी निरही बयान दिएर फर्किनु परेको छ ।
अख्तियारले अस्पतालको कमिशन काण्ड अनुसन्धानकै क्रममा भएकाले ततकाल अस्पतालमा कोरोना संक्रमणका बिरामीहरुको पनि ब्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था समेत मध्यनजर गरि पछी फेरी चाहेको समयमा नियन्त्रणमा समेत लिन सक्ने गरि दैलेख स्थायी घर भएका डाक्टर प्रकाश थापालाई तारेखमा छोडेको छ ।
थापा एक इमान्दार र निम्न मध्यम बर्गको सघर्षशिल ब्यक्ती रहेकोले केही महिना अगाढी मात्र भेरी अस्पतालको जिम्वारीमा आएको र कमिशन काण्डमा खासै हात नभएको सम्बन्धित निकायका व्यक्तिहरूले दाबी गदै आएका छन ।
हाल सादा तारेखमा डाक्टर थापा छुटेपनि सहकर्मिहरुको साबिति बयान र बराबद सबुत प्रमाणले अस्पतालको प्रमुखको हैसियतले थापालाई समेत उक्त घटनाले समस्या पार्ने सम्भावना छ ।
उक्त अस्पताल काण्डमा परेका लेखा अधिकृत माधव आर्चाय, लेखापाल इन्द्रमणी खत्रीलाई निलम्वन गरेको छ भने नगद सहित पक्राउ परेका कम्प्युटर सहायक अरुणराज खनाल र अर्का करारमा काम गर्दै आएका सहायक लेखापाल प्रेम खत्री दुबै जनालाई धरौटी रकम लिएर अस्पतालको जिम्मेवारीबाट निलम्वन गरि थप अनुसन्धान कार्यलाई अगाढी बढाएको छ ।
तर यत्रो भ्रष्टाचार काण्ड पछी पनि डाक्टर थापा आफु लाल बुझक्कड भएपनि केही हरित बुझक्कडहरुको गलत प्ररामशहरुको साथसंगत नछोडेर यत्रो केरोनाको महामारी र निशेषआज्ञाको समयमा केही थान ब्यक्तीहरुको साथमा होटेलमा पार्टी गर्दै हिडेको केही दिन अघि एक मिडियाले समाचार समेत प्रकाशित गर्दा पनि अझै नसम्लीएको घटनाक्रमले देखाएको छ ।
![](https://hamrosamrachana.com/wp-content/uploads/2020/09/madhav-acharya.jpg)
![](https://hamrosamrachana.com/wp-content/uploads/2020/09/pream-khatrii-300x292.jpg)
![](https://hamrosamrachana.com/wp-content/uploads/2020/09/khanal-300x220.jpg)
हाम्रो संरचना । २६ भाद्र २०७७, शुक्रबार ११:३२