हाम्रो संरचना बुधबार, अशोज १४, २०७७ 97 Views

२६ भदौ, नेपालगञ्ज/  पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०१ जनाको पिसिआर माध्यम मार्फत कोरोना भाइरस परीक्षण गर्दा १४ सय ५४ जनामा संक्रमण भएको पुष्टि छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १८६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना रहेका छन् ।

त्यसैगरी सक्रिय संक्रमित १४ हजार ९२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा र भक्तपुरमा ३८/३८ जनामा संक्रमण पाइएको छ ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिएको छ ।