आइतबार सम्म नेपालमा कोरोना समेत संक्रमित ३४५ जनाको मृत्यु

२९ भदौ, नेपालगञ्ज / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएकोमा १०३९ संक्रमित थपिएका छन ।

नेपालमा संक्रमित संख्या ५४ हजार १५९ पुगेको छ ।
२४ घण्टामा ११७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना काठमाडौं उपत्यका मात्र छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ पुरुष र २ महिला, मोरङमा १ पुरुष, सिन्धुपाल्चोकमा १ पुरुष र कास्कीमा १ जना महिलाको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।