हाम्रो संरचना बुधबार, अशोज १४, २०७७ 69 Views


२९ भदौ, नेपालगञ्ज / पछिल्लो २४ घन्टामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएकोमा ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ७९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख ५१ हजार ४०५ परीक्षणहरु गरिएका छन् ।