कोरोनाको प्रसार रोक्न बांकेमा भद्र सहमती

 

तस्विर: जिल्ला प्रशासन कार्यालय बांके कार्यालय र परिसर ।

३० भदौ, नेपालगञ्ज/  जिल्ला प्रशासन कार्यालय बांकेमा सर्वपक्षिय छलफल पछी बांकेमा जारि रहेको निषेधाज्ञा र जोर बिजोर सवारी सञ्चालन आवश्यकताको आधारमा बिस्तारै हटाउदै जाने गरि भद्र सहमती  गरिएको  छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्ष उर्फ चुन्नाको नेतृत्वमा गएको ब्यापारीहरुको टोलीले जिल्ला प्रशासन कार्यालय बांकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको नेतृत्वमा रहेको प्रशासनिक टोली बीच छलफल गरि बर्तमान कोरोना संकटबाट बच्दै सामाजिक तथा बजार कार्यलाई चलाएमान कसरी गराउन सकिन्छ भन्ने बिषयमा छलफल गरेको छ ।

छलफलमा बांकेमा कोरोनाको संकट अझै थपिदै गएको परिपेक्ष्यमा यसको सबै मिलेर सामाना गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सर्वसाधरणहरु देखी गरिखाने बर्गहरुमा समेत कोरोना नियन्त्रणका नाममा गरिएका गतिबिधिले दैनिक जिबीकोपार्जनमा समेत जटिलता उत्पन्न भएको बिषयमा छलफल भएको छ ।

छलफलपछी बांकेमा आवश्यक्ता हेरी कोरोना नियन्त्रणका लागि आवश्यक उपायहरु प्रभावकारी रुपमा कार्यन्वन गर्न सबैले पहल गर्ने र निषेधज्ञा, जोर बिजोर सवारी नम्वर लागु यी सबै भिडभाड कम गर्ने उपायको रुपमा लागु गरिएकोमा यसलाई सबैले मनन गरि आवश्यकताको आधारमा सञ्चालन गर्ने गरि भद्र सहमती गरिएको बांकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो ।

प्याकुरेलले आफनो माथील्लो निकायका ब्यक्तीहरुसंगको परामर्श तथा स्थानिय आवश्यकताको आधारमा भद्र सहमती गर्दै अगाढी बढने निर्णय भएको जानकारी दिनुभएको छ ।
अनावश्यक भिडभाड नगर्ने, स्वास्थ्य मापदण्डहरु सबैले पालना गर्नुपर्ने, निषेध गरिएका कार्यहरु नगर्ने, कोरोना संक्रमण नियन्त्रणका लागि आ आफनो ठाउंबाट सबैले लागेपुगे सम्म सहयोग गर्ने गरि भद्र सहमती गरिएको छ ।

आगामी दिनको आवश्यकता हेरी निषेधाज्ञा, निश्चित क्षेत्र सिल पनि गर्नुपर्ने पनि हुनसक्ने भएकाले सबैले यसलाई अधिकार नसम्झी यसलाई फैलिन नदिन इमान्दार भएर जिम्मेवार नागरिकको रुपमा भुमिका निभाईदिन पनि सबैमा अनुरोध गरिएको निमित्त प्रजिअ प्याकुरेलले बताउनु भयो ।