बांकेको खडैचाबाट २ जना मानव तस्कर सहित ५६ जना पक्राउ

तस्बीर केही दिन अघि मानब तस्करले नेपालबाट भारत तर्फ लैजाने क्रममा गोरखपुरमा पक्राउ परेका ब्यक्तीहरुको हो ।

 

३० भदौ, नेपालगञ्ज/  नेपालबाट बाट अबैध चोरी बाटो प्रयोग गरि २ जना दलालहरु मार्फत भारत तर्फ गइरहेका ५४ जना ब्यक्तीहरुलाई गएराती नेपाल प्रहरीले पक्राउ गरेको छ ।

बांके जिल्लाको डुडुवा गाउंपालीकाको होलिया बेतहनी क्षेत्रको खडैचाबाट मानव तस्करबाट भारत तर्फ लगिरहेका ब्यक्तीहरुलाई जिल्ला प्रहरी कार्यालय बांकेबाट खटिएको टोली र अन्य सिमानामा खटिएको शसस्त्र र जनपद प्रहरी समेतको संयुक्त टोलीले सोमबार राती पक्राउ गरेको छ ।

पक्राउ परेका २ जना मुख्य दलाल सहित ५६ जना ब्यक्तीलाई जिल्ला प्रहरी कार्यालय बांकेमा आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि ल्याईएको छ ।

कोरोना संक्रमणका कारण नेपाल भात सिमा क्षेत्रमा खुला रुपमा आवतजावत बन्द गरिएको अवस्थामा दुबै देशका स्थानिय प्रशासनको समन्वयमा आवश्यकता हेरी सिमा वारपार गर्ने गरिएकोमा दलालहरुले यसलाई अवसरको रुपमा प्रयोग गर्दै प्रतिब्यक्तीबाट पैसा उठाएर सिमा वारपार गराउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

उक्त अबैध बाटोबाट मानव तस्करी सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख ओम रानाले घटनाको छानबीन भइरहेको र घटनामा अभिुक्त ब्यक्तीहरु उपर कानुनी कार्बाही गरिने बताउनु भएको छ ।