सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

Earth quick in ramchya, Sindhupalchok

३१ भदौ, नेपालगञ्ज / बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यका सहित त्यस क्षेत्रको आसपासका जिल्लामा यसको शक्तिशाली धक्का महसुस गरिएको सूचना प्राप्त भएको ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बिहानै सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।