कोरोनाका कारण बर्दिया बानियाभारका वडा अध्यक्षको मुत्यू

७ असोज, नेपालगञ्ज/  कोरोनाका कारण सम्भवत नेपालमा नै पहिलो पटक जनप्रतिनिधिको मुत्यू भएको छ ।

कोरोना संक्रमणको समयमा स्थानिय स्तरमा खटेका केही जनप्रतिनिधिहरुमा कोरोना संक्रमण भई उपचारपछी स्वास्थ्य लाभ गरिसक्नुभएकोमा बर्दिया बानियाभारका वडा अध्यक्ष कमल चौधरीको भने कोरोना संक्रमण भई भेरी अस्पतालको कोरोना वाडमा उपचारको क्रममा बुधबार बिहान मुत्यू भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका वडानम्बर ३ बानियाभार, जोगीपुर निवासीका वडा अध्यक्षको कोभिड-१९का कारण नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यू भएको स्वास्थ्य कार्यालय बांकेका प्रवक्ता तथा बांके कोभिड संकट  ब्यवस्थापन समितिका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार गत भदौ २८ गते बर्दियाबाट पीसिआर जाँचका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानदांगको प्रयोगशालामा जाँच गर्दा कोरोना रिर्पोट नेगेटिभ आएका वडा अध्यक्ष कमल चौधरीको स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते विहान भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएका ३९ बर्षिय कमल चौधरीको सोही दिन कोरोना जाँचका लागि स्वाब संकलन गरि आरटिपीसिआर बिधिबाट कोरोन संक्रमण जांच गरिएको थियो ।

भदौ ३० गते आएको रिर्पोटमा वडा अध्यक्षमा कोरोना पोजेटिभ पाइएको थियो । उहांमा अन्य कुनै समस्या वा दिर्घरोग नभएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना पोजेटिभ पाइएका ती पुरुषको उपचारका लागि अस्पतालले आवश्यकता अनुसार सम्पूर्ण उपचार पद्धती अपनाउँदा समेत विरामीको स्वास्थ्यमा सुधार नभएपछि बुधबार विहान १०ः३० बजे मृत्यु भएको छ ।

यो घटनासगैं बर्दियामा ज्यान गुमाउनेको संख्या ३ जना पुगेको छ । मङ्गलबार मात्रै नेपालगञ्ज मात्र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया ठाकुरबाबा नगरपालिकाका वडानम्बर ७ का ६४ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यो सगैं उपचारका क्रममा बाँके आएर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जसमा बर्दियाका ३ जना, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका ११ जना गरि ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बांकेले जानकारी दिएको छ ।