नेपालमा पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण

१४ असोज, नेपालगञ्ज / नेपालमा पछिल्लो २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा १५ सय ५९ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले

नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिनुभएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना आइसोलेसन बाट डिस्चार्ज हुनुभएको छ । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको छ।