बाँकेमा कोरोना कहर जारी: आज पनि थप २ जनाको मृत्यु

१५ असोज, नेपालगञ्ज / बाँके जिल्लामा कोरोना कहर जारी छ बिहिबार बिहान पनि थप २ जनाको मृत्यु भएको छ ।

कोभिड-१९ बाट पिडित नेपालगञ्ज उप-महानगरपालिका वडा नं ४ गणेशपुरका ५२ बर्षका पुरुषको  बिहीबार बिहान ५:२० बजे  र सुर्खेत भेरीगंगा नगरपालिका वडा नं ८ स्थायी घर भएकी ७५ बर्षका महिलाको  कोहलपुर स्थित मेडिकल कलेजमा बिहीबार  बिहान राति १ बजे उपचारको क्रममा मृत्यु भएको छ।

यसरी कोरोना संक्रमणका कारण बाँकेमा बाहिरी जिल्लाका समेत गरी हालसम्म २५ जनाको मृत्यु भइसकेको कोरोना जिल्ला संकट व्यवस्थापन समिति, बाँकेले जानकारी दिएको छ ।