बाँकेमा कोरोना कहर: १९७७ जना संक्रमित मध्य १०६ जना अस्पतालमा, १८ जना गम्भीर

१६ असोज, नेपालगञ्ज / बाँकेमा कोरोनाको कहर क्षति उन्मुख तर्फ लम्किरहेको छ।

बाँकेमा बिहीबारसम् कोरोना भाइरस संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्य बाँके जिल्लाका १८ जना र बाँके जिल्लाभन्दा बाहिरका ८ जनाको उपचारको क्रममा कोहलपुर स्थित मेडिकल कलेज र नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँके स्थिति कोरोना संकट व्यवस्थापन समितिका फोकल पर्सन एवं स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठ का अनुसार शुक्रबार बिहान सम्म बाँके जिल्लामा १९७७ जना कोरोना संक्रमित हुनु भएकोमा बिहीबार साँझ सम्म ४१७ जना विभिन्न आईसोलेसन सेन्टरहरुमा स्वास्थ्य लाभ गरिरहनुभएको छ अन्य १५४२ जनाले स्वास्थ्य लाभ गरिसक्नुभएको छ।

स्वास्थ्य लाभ गरिरहनुभएको मध्य बिरामी भईन् १०६ जना अस्पतालमा हुनुभएको छ ।

नेपालगञ्ज स्थित भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको ७० वटा बेड संख्याको कोरोना वाडमा ५८ जना कोरोना संक्रमितहरूको उपचार भइरहेको छ ।

उपचार गराइरहेका मध्ये शुक्रबार बिहान सम्म१६ जनाको अवस्था नाजुक रहेको छ भने अन्य ४२ जनाको अवस्था मध्यम गरेको छ ।
त्यसैगरी नेपालगञ्ज र कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका ४८ जनामा ४ जनाको अवस्था गम्भीर रहेको छ भने २ जनाको अवस्था मध्यम र अन्य ४२ जनाको अवस्था सामान्य बन्दै गएको छ।

बाँकेमा अस्पतालमा भर्ना भएका व्यक्तिहरूको अबस्था :