कोरोना संक्रमण बाट नेपालगञ्जमा शुक्रबार थप १ जनाको मृत्यु, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना संक्रमण

१६ असोज, नेपालगञ्ज / कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर २ सन्तोशी टोल स्थायी घर भई नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ९ बाँके गाउँमा बसोबास गर्दै आएकी २५ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण शुक्रबार भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

बाँके जिल्लाका कोरोना संकलनबाट हाल सम्म १९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 0योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

कोरोना संक्रमणबाट मृतक महिलामा भक्तपुरकी ६१ वर्षीया र ५१ वर्षीया, काठमाडौँकी ६७ वर्षीया र सुर्खेतकी ७५ वर्षीया रहेका छन् ।

त्यसैगरी मृतक पुरुषमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ वर्षीय र ७० वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेकाा ५२ वर्षीय र ५९ वर्षीय रहेका छन् ।याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ५२० पुगेको छ ।