नेपालमा कोरोना संक्रमणबाट ५५४ जनाको मृत्यु, ८९ हजार २ सय ६३ जना संक्रमित

बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएको व्यक्ति राप्ती किनारमा दाहसंस्कारको ।

१९ असोज, नेपालगञ्ज/ नेपालमा पछिल्लो २४ घन्टामा २४ सय ४० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २४ सय ४० जना सहित देशभर संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जानकारी दिनुभएको छ । संक्रमित मध्ये ६५ हजार २ सय २ जना निको हुनु भएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट सोमबार सम्म  ५ सय ५४ जनाको मृत्यु गएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा ५ जना महिला र १४ जना पुरुष गरी १९ जनाको मृत्यु रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।नेपालमा कोरोना संक्रमणबाट ५५४ जनाको मृत्यु, ८९ हजार २ सय ६३ जना संक्रमित