नेपालगञ्ज राँझा क्षेत्रका २ व्यक्ति २ पेस्तोल ५ राउण्ड गोली सहित राप्तीपारीबाट पक्राउ

हतियार पक्राउ सम्बन्धि जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम रानामगर….

२१ असोज, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत ईलाका प्रहरी कार्यालय भोजभगवानपुर बाट खटिएको प्रहरी टोलीले २ थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई पक्राउ गरेको छ

विशेष सुचनाको आधारमा मंगलबार दिउसो करिब साढे तीन बजे बाँकेको राप्तीपारी नरैनापुर गा.पा. वडा नं ५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक बसन्त गौतमको नेतृत्वमा गएको प्रहरी टोलिले उक्त व्यक्ति र व्यक्तिहरुबाट हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा जिल्ला बाँके नेपालगञ्ज उप-हानरपालिका वडा नं. २० मनिकापुर बस्ने बर्ष ६२ को सलिम नाँउ र मनिकापुर वडा नं.१९ बासुदेबपुर बस्ने बर्ष ३३ को ईब्राहिम बेहना समेतले संकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटवा पेस्तोमा लाग्ने गोली ५ राउण्ड फेला पारी निजहरुलाई नियन्त्रणमा लिई अणुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार विहान पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओम राना मगरका अनुसार हातहतियार सहित पक्राउ गरेका उपरोक्त व्यक्तिहरुलाई आवश्यक अनुसन्धान गरी मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुन सक्ने गरी कारबाही गरिने जानकारी दिनुभएको छ।

त्यसैगरी राप्तीपारी राप्तिसोनारी गाँउपालिकाा वडा न. ६ कुण्डाचोकमा चित्तल) मारेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टी (क) र अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँकेको डुडुवा गाँउपालिका वडा नं. ४ राप्तीनदी पुलमा मरेको चित्तल सहित २ जनालाई नियन्त्रणमा लिएको छ । फत्तेपुरबाट नेपालगञ्ज तर्फ आउदै गरेको सामेल रोकाले चलाईराखेको भे ८ प ५४६५ नम्बरको मोटरसाईकल पछाडि अन्जन हमालले समातेको बोरा खानतलासी गर्दा अन्दाजी २५/२६ किलोको पोथि चित्तल फेला पारीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले जानकारी दिनुभयो ।