नेपालमा एकैदिन ३४३९ जना थपिए, हालसम्म ९४ हजार २५३ जना संक्रमित, ५७८ जनाको मृत्यु

२१ असोज, नेपालगञ्ज/ पछिल्लो २४ घण्टामा नेपालमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको मा ३४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एकैदिन संक्रमित हुनेको संख्या हाल सम्मकै उच्च ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो पछिल्लो रिपोर्ट सहित नेपालमा कोरोना संक्रमित हुनेको जम्मा संख्या ९४ हजार २५३ पुगेको छ ।

बुधबार ११२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

नेपालमा हाल कोरोना संक्रिय संक्रमितको संख्या २५००७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन् ।
नेपालमा बुधबार साँझसम्म्म पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ जना पुगेको छ ।