हाम्रो संरचना बिहिबार, कार्तिक ६, २०७७ 147 Views

२१ असोज,जाजरकोट / जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं १ ओलभीरमा भे १ ज ९३५ नम्बरको जिप बुधबार अपरान्न भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर कुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो करिब ३ बजेतिर भएको  जीप  दुर्घटनामा जुनीचाँदे–११ का वडाध्यक्ष अमर बहादुर शाही सहित ६ जनाको मृत्युको भएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका खेमराज शाही, कृति बहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको छ । एक मृतक र बेपत्ताको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरी श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नरबहादुर बुढालाई प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि लगिएको छ ।