वीरगञ्जको रेशम कोठीमा प्रहरीद्धारा छापामारी करीब १३ करोडको २३ किलो सुन बरामद

१ कार्तिक, नेपालगञ्ज/ विशेष सुराकीको आधारमा प्रहरीले शनिबार अपराह्न वीरगञ्ज महानगरपालिका वडानम्बर ५ रेशम कोठी स्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साकाले जानकारी दिएको छ ।

पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार बिशेया सुचनाको आधारमा रेशम कोठीमा छापा मारेर खनतलासीको क्रममा १ केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको एसपी पन्तले बताउनु भयो । बरामद मध्य सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ ।

फ्ल्याट धनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सुन सहित अन्य कागजात पनि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको हो ।

सून तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरादम गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताउनु भएबको छ । रेशम कोठी अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए ।