कोरोना कहर: असल र कुसल समाजसेवी एवं प्राध्यापक डोल बहादुर सरको मृत्यु


८ कार्तिक, नेपालगञ्ज/ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका १ जना कुसल एवम् असल प्राध्यापक डोल बहादुर भण्डारी सर को कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ भेरी अस्पतालमा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना संकट व्यवस्थापन समिति बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १ धम्बोजी निवासी ५० वर्षीय पुरुषको शुक्रबार साँझ १० बजे कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिनुभएको छ।

उक्त कोरोना संक्रमणको कारण मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज स्थित बी ग्रुप नामक गैर-सरकारी संस्थाको अध्यक्ष पदमा रही लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा समेत सक्रिय रहनुभएका प्राध्यापक डोल बहादुर भण्डारी हाल उपाध्यक्ष पदमा रही सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय र प्रख्यात व्यक्ति हुनुहुन्छ।

अतिनै सरल र सहज मिलनसार व्यक्तित्वको रुपमा समाजमा आफ्नो पहिचान बनाउनु भएका प्रध्यापक डोलराज सरलाई गत असोज २६ गते बागेश्वरी ल्याबमा कोरोना परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।

कोरोना संक्रमित भई स्वास्थ्यमा समस्या आएपछि प्राध्यापक भण्डारी सरलाई थप उपचार का लागि असोज २७ गते नेपालगञ्ज स्थित भेरी अस्पतालमा भर्ना गरेर कोरोना विरुद्धको आवश्यक सहयोगी उपचार गरिएको थियो।

आफू कुरा कोरोना संक्रमित हुनुअगाडि कोरोना कहरकै बीचमा प्रध्यापक भण्डारीले आफ्नो गैरसरकारी संस्था बी ग्रुप मार्फत कोरोना विरुद्ध लड्न विभिन्न  अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग मिलेर बाँकेमा कोरोना विरुद्धको स्वास्थ्य सामग्री, खाद्य समेत वितरण गर्दै समाज सेवामा सक्रिय  रहनुभएको थियो।