१८ कार्तिक, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बांकेमा प्रहरी प्रमुखको रुपमा ओम राना मगर सरुवा भएर आएदेखी नै बांके जिल्लामा अपराध नियन्त्रणमा सुरुभएको सक्रियता हाल सम्म पनि जारी छ ।
केही दिन अघि मात्र हालसम्म कै ठुलो जुवा काण्ड पक्राउ गरेको बाँके प्रहरीले बिशेष गरी समाजमा दिर्घकाल सम्म असर गर्ने लागु औषध कारोबारी, ओसार पसार र उपभोग गर्नेहरु र बिभिन्न अपराधका मुद्धामा फैसला भई कैद तथा जरीवाना तोकिएका ब्यक्तीहरुको हकमा फैसला कार्यन्वयमा कडारुपमा प्रस्तुत भईरहेको बांके प्रहरीको कार्यसम्पादन घटनाक्रमले देखाएको छ । बांकेमा बिभिन्न घटनाको अनुसन्धानको क्रममा बांकेमा भएका घटना मध्य करीब ६० प्रतिशत घटना लागु औषध सेवन कर्ताबाट भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेले अपराध नियन्त्रण गर्ने क्रममा मंगलबार विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएका घटनाहरुमा बाँकेको कोहलपुर नगरपाकिका वडा नम्बर ११ बसपार्क स्थित न्यू राप्ती होटलको कोठा ४ बाट मंगलबार बिहान ९ बजे नेपालमा लोपउन्मुख तथा संरक्षित रेड पाण्डाको छाला सहित ४ लाई प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख ओम बहादुर राना मगरका अनुसार दुर्लभ वन्यजन्यु रेड पाण्डाको छालाको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बांकेको बिशेष प्रहरी टोलीले मंगलबार बिहान ९ बजे बिशेष सूचनाका आधारमा होटलको कोठा नम्बर ४ मा बसिरहेका सुर्खेत बराहताल गाउंपालिका वडानम्बर ५ का गणेश नेपाली,लाल बहादुर नेपाली र दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी गाउंपालिका वडानम्बर ५ वस्ने दिनेश कार्कि,उमेश बहादुर थापाको साथमा रहेको निलो झोला भित्र रहेको २ फिट २ ईन्ट लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको छाला थान १ फेला पारी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
करीब २ करोडमा नागमणी बेच्ने ४ जना पक्राउ
त्यसैगरी बहुमुल्य नागमणी भनी करीब २ करोड ठगी गर्ने दैलेख जिल्ला नौमुले गाउंपालिका वडा नंम्बर ४ का धन बहादुर रोका, सल्यान जिल्ला कुमाख गाउंपालिका वडा नंम्बर ५ वस्ने कृष्ण शाह र शारदा नगरपालिका वडानम्बर ९ बस्ने डिल्ली बहादुर बोहरा लाई यहि कार्तिक १५ गते बाँके जिल्लाको नेपालगञ्ज उप महानगरपालिका वाड नम्बर १ मा ठगिएका जाहेरवालाको उजुरीको आधारमा छानबीन गर्ने क्रममा ठगी गरिएको ४० लाख रुपैया सहित पक्राउ गरी आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।
उक्त घटनामा नागमणी को झासामा परेर दांग जिल्लाको घोराही उप-महानगरपालिका वडा नम्बर १७ बस्ने माधव प्रसाद घिमिरेलाई नागमणी आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यसाय राम्रो हुने, घरमा लक्ष्मीको बाँस हुने, परिवारका सदस्यको आयु लामो हुने, घर परिवारमा सुस्खशान्ती, सम्बृद्धी हुन्छ भनि निजलाई नागमणिको झााि दिएर रु १,८९,५०,०००। ( एक करोड उनानब्ये लाख पचास हजार ) रकम लिई ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।
अफिम र ब्राउन सुगर सहित ५ जना पक्राउ
बांके प्रहरीले आईतबार बाँके र दाङको सिमाना शिवखोलाबाट ३ किलो लागु औषध अफिम पनि बरामद गरेको जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले ३ किलो लागुऔषध अफिम सहित पक्राउ गरेका ब्यक्तिलाई मंगलबार सार्वजनिक गरीएको हो ।
रुकुम सानिभेरी गाँउपालिका वडानम्बर ८ बस्ने २७ वर्षिय चन्द्र प्रकाश वलीलाई चेकजाँच गर्दा उनले बोकेको कालो खैरो रंगको झोलामा अफिम भेटिएपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कार्बाही प्रक्रिया अगाढी बढाईएको छ ।
त्यसैगरी मंगलबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर १३ मा रहेको किसान ईट्टाभट्टा नजिकबाट २२ ग्राम ब्राउन सुगर सहित २ जना नेपाली तथा २ जना भारतीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराईज रुपैडिहा थाना बस्ने वर्ष १८ को जुगिन्दर सोनी, सोही ठाँउ बस्ने वर्ष २९ को राकेश सोनी, बाँकेको खजुरा गाँउपालिका १ बस्ने वर्ष १९ को विष्णु थापा क्षेत्री र नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी बस्ने वर्ष २५ को सागर थापा रहेका छन । प्रहरीले सोनीको साथबाट २० पुरिया २० ग्राम ब्राउन सुगर र क्षेत्री तथा थापाको साथबाट २ पुरिया ९२ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
नेकपा विप्लवका ३ जना कार्यकर्ता पक्राउ
यसै गरी आंककारी क्रियाकलाप गरेका कारण नेपालमा प्रतिबन्धित नेकपा विप्लवका सदस्य रहेका भनिएका भरत वि.क., राम बहादुर तिरुवा र डि.बि.शाही भन्ने डम्बर बहादुर शाही लाई पक्राउगरिएको द्धटनामो सार्वजनिक गरेको छ ।
हाम्रो संरचना । १८ कार्तिक २०७७, मंगलवार २०:२१