हाम्रो संरचना शुक्रबार, मंसिर १२, २०७७ 294 Views
माथी विपी चौक र तल सदभावमा भएको आगलागीको विवरण ।

१ मंसिर, नेपालगञ्ज/ नेपालगञ्जको न्युरोडमा रहेको सद्भाव प्रीन्टिङ प्रेस र बिपि चोकको एक कपास गोदाममा आईतबार साँझ एकै समयमा आगलागी भएको छ ।

पत्रकार दामोदर भण्डारीको नेपालगञ्जको न्युरोडमा रहेको सद्भाव प्रीन्टिङ प्रेसमा आइतबार राती करिब ८:१५ बजे देखि सुरुभएको आगलागी राती करीब १० बजे तिर पुर्ण नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सद्भाव प्रीन्टिङ प्रेसको कागज गोदाम सहित कार्यालय पुर्णरुपमा क्षती पुगेको छ भने सद्भाव ग्रुपकै सद्भाव राष्ट्रिय दैनिक तथा सेतोखरी डटकमको कार्यालयमा समेत पुर्णरुपमा क्षती भएको छ ।

आगलागी नियन्त्रणका लागि नेपालगञ्ज, कोहलपुर र वर्दियाको गुलरियाबाट दमकल, सयुंक्त सुरक्षाकर्मी र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।