नेपालगञ्जमा सिसि क्यामेराः घटना समाधानमा प्रहरीलाई सहयोगी, सर्वसाधरणलाई राहत

 

२४ मंसिर, नेपालगञ्ज/  बांके जिल्ला प्रबेश लगत्तै जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख ओम बहादुर राना मगरको नेतृत्वले उत्कृष्ट ब्यवसायिक जिम्मेवारी निभाउने क्रममा मंगलबार सर्वसाधरणले हराएको लाखौं रुपैया समेत प्रबिधिको सहायताले खोजीदिएको छ ।

बांके जिल्लामा प्रहरी प्रमुख ओम राना आउनु अघि नेपालगञ्जमा जोडिएका सबै सिसि क्यामेरा पुरै बिग्रीएका थिए भने त्यसको केही स्थानिय निकाय र निजि क्षेत्रको सहयोगमा रानाले मर्मत सम्भार गरेर नेपालगञ्जमा सिसि क्यामेरा चुस्त दुरुस्त पारेपछी सर्वसाधरणले हराएको पैसा फेला पार्न नेपाल प्रहरी सफल भएको हो ।

रोजगारी लागि भारतको सिमलाबाट फर्कने क्रममा दांगको घोराई नगरपालिका वडानम्बर ५ धर्नाका ५५ बर्षिय दत्त भन्ने ब्यक्तीले नेपालगञ्जको पुष्पलाल चौकबाट कारकांदो तर्फ जानेक्रममा ७ लाख ४० हजार रुपैया राखेको झोला हराएको सोमबार जिल्ला प्रहरी कार्यालय बांकेमा निवेदन दिएपछी प्रहरी खोजतलासमा जुटेको थियो ।

बांके प्रहरीले उक्त घटनालाई गम्भीरतापुर्वक लिएर जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी निरीक्षक इश्वरदेव गिरीको  नेतृत्वमा खोजतलास गर्ने क्रममा सिसि क्यामेराको सहायताले नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १४ का देशराज बर्माले चलाएको भे १ ह ५०१९ नम्बरको अटोे रिक्सामा छुटेको उक्त रकम २४ भण्टा भित्र पिडितलाई उपलब्ध गराएर राहत दिन सफल भएको छ ।

यस अघि पनि यस्तै किसिमको बांके बैजनाथ गाउपालिका वडानम्बर ३ की राधिकाले ४ लाख नगद सहित पैसा हराएको निवेदन वडा प्रहरी कार्यालय नेपालगञ्जमा दिएकोमा वडा प्रहरी कार्यालयका प्रमुखको सक्रियतामा उक्त रकम पनि प्रबिधिकै सहायताले प्रहरीले फेला पार्न सफल भएको थियो ।