बाँकेको प्रशासनिक नागरिक सहायता कक्ष उदघाटन

२४ मंसिर, नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बाँकेमा हालै नवनिर्मित प्रशासनिक नागरिक सहायता कक्ष आज बुधबार उद्घाटन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको यसअघि को पुरानो जिर्ण भवनलाई विस्तापित गरी नयाँ प्रशासनिक भवन निर्माण हुनुका साथै परिसरमा वातावरण अनुकूलित रहनेगरी विभिन्न नागरिक सहायता कक्षहरु निर्माण गरिएको छ।

स्थानीय श्रोत साधनहरूको उपयुक्त तथा स्थानिय निकायहरूको समेत सहायता सहयोगको आधारमा निर्माण गरिएको प्रशासनिक परिसरमा तराईको प्रचण्ड गर्मिमा शितलता प्रदान गर्ने र जाडोमा तातो हावा फ्याक्ने एउटै हलमा ६ वटा एसी  समेत जडान गरिएका छन् ।

त्यसैगरी नागरिक मैत्री शौचालयहरु, बगैचामा माछा पोखरी, शुद्ध पिउने पानी लगायत बस्ने चौतारीहरु सवारी साधनहरू राख्ने प्रबन्ध गरिएको छ ।

बाँकेमा प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वांगको नेतृत्वमा रहेको प्रशासनिक टिमले प्रशासन बाट नागरिकहरूलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न डिजिटल प्रविधिको समेत परिसरमा जडान गरिएको छ।

कुरुम्वांग को नेतृत्वमा बाँकेमा नगारिक मैत्री प्रशासन लागि ब्यापक सुधार गरिएको छ भने भ्रष्टाचार नियन्त्रणमा समेत उल्लेखनिय कार्य धेरै भएका छन।