प्रमुख मालपोत अधिकृत ‘केटी काण्ड’मा पक्राउ


#कृष्ण खनाल

१७ पुस नेपालगञ्ज/ जिल्ला मालपोत कार्यालय बॉकेका प्रमुख प्रेम कुमार दौल्याललाई “केटी काण्डमा” बाँके प्रहरीले हिरासतमा लिएको छ ।

मालपोत कार्यालयमा कार्यरत एक जना महिला सहित नेपालगञ्ज स्थित एक होटेलमा भेटिनु भएका मालपोत अधिकृत दौल्यात माथी पिडित महिलाको टेलीफोन उजुरीको आधारमा विहिवार राती नै प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पिडितको तर्फ वाट जिल्ला प्रहरी कार्यालयमा गुहार मागेपछी जिल्ला प्रहरी कार्यालयबाट कानुनी सहायत कक्षका इन्चार्ज प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले मालपोत अधिकृत दौल्याललाई पक्राउ गरी मेडिकल गराएर जमुना स्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा राखेको थियो ।

पक्राउ परेका दौल्याल हाजिरी जमानीमा शुक्रबार विहान ४:३० बजे छुटेकोमा दिउसो १० वजे जिल्ला प्रहरी कार्यालय बाँकेमा राखीएको बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम राना मगरले बताउनु भएको छ ।

उक्त घटना सम्बन्धमा मालपोत अधिकृत प्रेम दौल्यालले हिजो साँझ  होटलमा कार्यालयकै स्टाफ वीच सामान्य विवाद भएको र आफुमाथी गलत आरोप लगाइएको बताउनु भएको छ ।

पिडित पक्षले भने घटनाको गहिरोसँग छानवीन गरी अभियुक्त लाई कार्वाही गरी पाउन प्रहरी र स्थानिय प्रशासन समक्ष गुहार मागेकोमा केही सरकारी कर्मचारी यो केसलाई डिसमिस गरीदिन प्रहरीमाथी दवाब दिएको प्रहरी श्रोतले बताएको छ ।