१ करोड ४७ लाख ८६ हजार नेपाली रुपैया सहित भारत गोरखपुरका अमित पक्राउ


२० पुस, नेपालगञ्ज/ नेपालको राजधानी काठमाण्डौं छिर्ने मध्यको एक महत्वपूर्ण नाका रहेको नांगढुंगामा रहेको प्रहरीले सोमबार अपरान्ह ४ः२७ बजे चेक जांचको क्रममा स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैया सहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौंको थानकोट प्रहरी बृतबाट नांगढुंगामा परिचालित प्रहरीले सोमबार नियमित चेकजांचको क्रममा कपिलबस्तुबाट काठमाण्डौं जादै गरेको प्रदेश नम्बर ३ बाट जारी भएको ०१–०२३–च २२५९ नम्बरको हुन्डाई कम्पनीको सिल्भर रंगको कार चेक जांचको क्रममा उक्त स्रोत नखुलेको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कारमा सवार रहेका भारतको गोरखपुर घण्टाघर घर बताउने ३० बर्षिय अमित कुमार गुप्ता र कार चालक कपिलबस्तु जिल्ला बांडगंगा नगरपालिका वडानम्बर ४ का २२बर्षिय संगम थारुलाई पक्राउ गरेको थानकोट प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेको उक्त रकम गाढीको बिभिन्न भागमा लुकाई छिपाई ३ वटा झोलामा राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका ब्यक्ती र रकम आवश्यक थप अनुसन्धान र कानुनी कार्बाहीका लागि प्रहरीले सम्पती सुद्धिकरण बिभागमा पठाएको छ ।

यस अघि पनि गत कार्तिक २१ गते लु१ख ८६५२ नम्बरको यात्रु बहाक बसमा यात्रा गरिरहेका नवलपरासीका ४० बर्षिय ब्यास गुप्तालाई ४० लाख नगद सहित पक्राउ गरि आवश्यक थप अनुसन्धान सहित आवश्यक कानुनी कार्बाहीका लागि सम्पती सुद्धिकरण बिभागमा पठाएको थियो ।

नेपालमा १० लाख वा सो भन्दा माथी कुनै पनि कारोबारो नगद गर्न नपाई कानुनी ब्यवस्था रहेको छ भने ब्यक्तीले आफुसंग रहेको नगद रकमको आवश्यक परेको समयमा कानुनी प्रमाणका आधारमा स्रोत अनिबार्य देखाउनु पर्ने कानुनी ब्यवस्था रहेको छ ।