बांके सिडियोको जनमैत्री कार्य जारी: खजुरा,कोहलपुर पछी गिजराको ५ सय बिघा जग्गा सरकारीकरण !

५ फागुन,नेपालगञ्ज/ चुत्था तथा भ्रष्ट कर्मचारीहरुसंग मिलेर बांके जिल्लाको बिभिन्न ठाउंको मुल्यवान जग्गाहरु बिभिन्न कानुनी प्रक्रिया मिलाएर ब्यक्तीको नाममा गरि बेचबिखन गरिएको जग्गा हाल सरकारी करण गर्ने अभियान बांकेमा जारी भएपछी जग्गा दलालहरुको होस हवास गुम्दै गएको छ ।

बांके जिल्लाको खजुरा गाउंपालिका वडानम्बर ४ मा बिष्णु कुमार थापा र रत्ना कुमारी थापाको नाममा गईसकेका करीब १० करोड बराबरको १७ बिघा जग्गा सरकारी करण गरिए लगत्तै त्यसरी बदनियत बस मिलिजुली सरकारी जग्गाहरु ब्यक्तीको नाममा गरिएका कित्ताहरु छानबीन गरी रित पु–याएर सरकारी करण गर्ने अभियान नै सञ्चालन गरिएको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनु भएको छ ।

प्रजिअ कुरुम्वांगले सरकारी सम्पती जनताको सार्वजनिक सम्पती भएकाले त्यसका बिषयमा सही जानकारी गराएर यो अभियानमा सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । सरकारी जग्गा ब्यक्तीको नाममा गराएर भ्रष्टाचार गर्ने ब्यक्तीहरुको पनि बिवरण संकलन गर्ने कार्य भईरहेको र त्यस्ता ब्यक्तीलाई पनि कानुनी दायरामा ल्याईने कुरुम्वांगले जानकारी दिनुभएको छ ।

बाँकेका प्रजिअ राम बहादुर कुरुम्वांग ।

खजुराको १७ बिघा जग्गा सरकारी करण गरे लगत्तै सरकारले कोहलपुरको नगर बिकास समितिको नाममा दिएको १०३ बिघा मध्यको ४६ बिघा जग्गा सरकारी तथ्यांक हेरफेर गरि ब्यक्तीको नाममा दाबी गरी मिलेमतोमा मध्यस्था मार्फत लिनेदिने गरी २२ बिघा नगर बिकास समितिको नामको जग्गा ब्यक्तीको नाममा लगेर खाम्ला भनेर बसेको दलालको एउटा झुण्ड पनि यतिखेर चकित परेको छ ।

यो झुण्ड पनि स्यालले गोरुको अण्डकोष कतिखेर खस्छ र खाम्ला भनेर कुरेर बसे झै, त्यो जग्गा कति खेर ब्यक्तीको नाममा आउला र बेचेर खाम्ला भनेर कुरेको बसेको दलाल झुण्ड यतिखेर हेरेको हेरयै भएको छ ।

उक्त जग्गामा मध्यस्थ कर्ता मार्फत मिलाएर अन्तीम रुप दिनेक्रममा सरकारी संयन्त्रको जानकारी तथा उपलब्ध अधिकारीले नमानेपछी कागजातको आधारमा उक्त जग्गा ब्यक्तीको नाममा गर्ने हक दाबी नपुग्ने जिल्ला अदालत बांके बांकेका १ जना निष्ठावान माननिय ज्यूले फैसला गरेपछी उक्त जग्गा पनि हाल ब्यक्तीको नाममा जानबाट रोकिएको छ ।

कोहलपुरमा ब्यक्तीले दाबी गरिएको जग्गा बन क्षेत्र रहेको र मन्त्रीपरिषदले बिक्रम सम्वत २०४३ सालमा निर्णय गरि कोहलपुर नगर बिकास समितिलाई दिएको जग्गाको बिक्रम सम्वत २०२१ सालमा नै भोग चलन गरेको भुमिसुधार कार्यालयमा कसरी आधिकारी सरकारी ढडा बनाएर उक्त ढडा कस्ले कसरी बनायो भन्ने सम्वन्धी अख्तियारले समेत अवश्यकता परेमा लेखौटको सुक्ष्म अनुसन्धान गर्ने जनाएको छ ।

कोहलपुर लगत्तै बांकेको खजुरा गाउंपालिकामा पर्ने गिजरामा सरकाले सुगर मिल सञ्चालनका लागि  दिएको ५ सय बिघा जग्गाको समेत बिशेष बिज्ञ ब्यक्तीहरु मार्फत खोजबिन तथा छानबीन भईरहेको प्रजिअ कुरुम्वांगले जानकारी दिनुभएको छ ।

नेपालमा उद्योग कलकारखाना सञ्चालनका लागि बिगतमा सरकारले ब्यक्तीलाई सुगर मिलका लागि जग्गा उपलब्ध गराउने प्रावधान रहेकोमा उक्त ठाउंमा सुगर मिल सञ्चालन नभएपछी स्वतह सरकारको नाममा उक्त जग्गा फिर्ता गर्नुपर्नेमा गद्धार सरकारी कर्मचारीहरुसंग मिलेमतो गरी हाल उक्त जग्गा मनपरी ब्यक्तीको नाममा लगेर बेचबिखन भैईरहेको सम्वन्धमा सुक्ष्मरुपमा बिज्ञ टोलीद्धारा छानबीन भैइरहेको छ ।

बांकेको खजुरा गाउंपालिका वडानम्बर ६ सिमलघारीको गिजरा क्षेत्रमा नेपालगञ्जका कृष्ण गोपाल टण्डनले सुगर मिल र सांढे पालनका लागि ५ सय बिघा जग्गा राजा महेन्द्रको पालामा सरकारी ऐलानी जग्गा लिएको तथ्यांक रहेको छ ।

उक्त ५ सय बिघा जग्गा मध्य १८० बिघा जग्गाको सुगर मिल र सांढे पालनका नाममा कृष्णगोपाल टण्डनको नाममा जग्गा पुर्जा कायम रहेको छ भने अन्य ३२० बिघा जग्गा सरकारी ऐलानी रहेको छ ।

समय–समयमा नेपालमा भएको राजनैतिक परिवर्तनको क्रममा सुकुम्बासीको नाममा उक्त जग्गा कब्जा गरी बर्षै देखी स्थानिय बासिन्दाहरु बसोबास गरि भोगचलन पनि गर्दै आएकोमा उक्त जग्गा मध्य सांढे पालन र सुगर मिलका नाममा सरकाले दिएको जग्गाको बिभिन्न समयमा बिभिन्न सरकारी कर्मचारीहरुसंग मिलेमतो गरि हिनामिना गरि ब्यक्तीको नाम लगि बेचबिखन कार्य भईरहेको पाइएको छ ।

उक्त जग्गा मध्य कृष्णगोपाल टण्डनको मिल तथा सांढे पालनको लालपुर्जा भएको १८० बिघा जग्गामा करीब १५ सय घरधुरी मानिस बषैं देखी बसोबास गरि भोग चलन पनि गर्दै आईरहेका छन ।

नेपाल सरकारले निजि क्षेत्रलाई दिएको जग्गा जुन प्रयोजनका लागि लिएको उक्त प्रयोजन बाहेक अर्को प्रयोजन गर्न नपाईने र बेचबिखन समेत गर्न नपाईने कानुनी ब्यवस्थालाई लत्याउदै उक्त जग्गा पैत्रिक सम्पती जसरी कृष्णगोपाल टण्डनका छोरा अजय टण्डन लगायत ३ भाईमा अंश सरह बांडिचुडि गरी ब्यक्तीको नाममा नामसारी गरि ६ बर्ष पहिल्य दांगका माधव घिमिरेले त्यसपछी चितवनका ६ जनाले किनेको उक्त जग्गा गत मंसिरमा युनिक रियल स्टेटको नाममा जगत चौधरी लगायतको समूहले खरिद गरि हाल उक्त सार्वसाधरण जनता बसेको ठाउंमा बलपूर्वक बर्षै देखी बसोबास गरिरहेका जनता उठाउन खोज्दा पटक–पटक झटप समेत हुन थालेपछी जिल्ला प्रशासन कार्यालय बांकेको ध्यान आकृष्ट भएको प्रमुख जिल्ला अधिककारी राम बहादुर कुरुम्वांगले बताउनु भएको छ ।

कुरुम्वांगले सरकारले जुन प्रयोजनाका लागि स्थानिय ब्यक्ती तथा संस्थाहरुलाई जग्गा दिएको हो, सोही प्रयोजनको लागि बर्षौ देखी भोगचलन नगरेको देखिएकाले त्यस्ता किसिमका जग्गाहरुका बिषयमा कानुनी आधारमा उभिएर रित पूर्वक छानबीन गरेर छिटटै निर्णयमा पुगिने बताउनु भएको छ । त्यसका लागि आवश्यक सबै प्रक्रिया पु–याएर नेपाल सरकारको आवश्यक ठाउंबाट पनि चासो र चिन्ता ब्यक्त भएकाले सरकारी सम्पतीको दुरुपयोग हुनबाट बांकेमा सञ्चालित अभियान सफल हुने बताउनु भयो ।

बिभिन्न राजनितिक आंडमा स्थानिय घिसेपिटे दलालहरुले दुहुनो गाईको रुपमा प्रयोग गदैआएको उक्त गिजरा फार्मको जग्गामा बसोबास तथा भोगचलन गर्ने जनताहरुको लागि केही दिन मै खुशिको सञ्चार हुने गरि आफुले काम गरिरहेको प्रजिअ कुरुम्वांगले बताउनु भएको छ ।