बाँकेको बैजनाथ स्थित डिगिया डाँडामा “नौबस्ता औद्योगिक छेत्र” शिलन्यास

११ फागुन, नौवस्ता, बाँके/ बाँकेको बैजनाथ  गाउँपालिकाको डिगिया डाँडा छेत्रको ३सय ३८ बिघा जग्गामा “नौबस्ता औद्योगिक छेत्र” उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र औद्योगिक छेत्र ब्यबस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर  बस्नेतलेे मंगलबार  संयुक्त  रुपमा शिलन्यास गर्नु भएको छ।

 

भुमि पुजन तथा ताम्रापत्रको अनावरण गरि मन्त्री भट्ट र अध्यक्ष बस्नेतले  शिलन्यास गर्नु भएको हो ।

उद्योगहरुको लागि प्रशासनिक तथा औद्योगिक क्षेत्र स्थापना हुने शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले रोजगार र आर्थिक समृद्धि अहिलेको सरकारको लक्ष्य भएको बताउँदै विकासलाई सन्तुलन बनाउन नेपालको पश्चिम्मबाट लगानी शुरु गरिएको बताउनुभयो ।

मन्त्री भट्टले आम जनताको जीवन स्तर उकास्न सके मात्र देश समृद्धि हुने र देश विकासका लागि सबै दल एक ठाउँमा आउनु पर्नेमा जोड दिनुभयो ।

उद्योग राज्यमन्त्री बिमला वि.क.ले समृद्ध र आर्थिक उन्नतिका लागी औद्योगिक बिकास गरिने बताउनुभयो।‌

लुम्बिनी प्रदेश भूमि व्यवस्था मन्त्री आरती पौडेलले पश्चिमबाट पहिलो लाभको हकदार बाँकेको नौबस्ताका बासिन्दा हुने बताइन् ।

प्रदेश सांसद आइपी खरेलले विकासका काममा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा औद्योगिक क्षेत्र लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले १० लाखलाई रोजगार दिने गरि, बाँके कंचनपुर, रुपन्देही, हेटौंडा र झापा औद्योगिक क्षेत्रको शुरूवात गरेको बताउनुभयो ।

उहाँले करिब ९ अर्ब रुपैयाँ को लागतमा  १११ प्लटको डिपिआर गरिएको बताउँदै बस्ती व्यवस्थापन गरि निर्माण हुने उल्लेख  गर्नु भएको ।

५ बर्षमा निर्माण सम्पन्न गरिने र आसयपत्र एक महिनाभित्र आव्हान गरिने उनले  बताउनुभयो ।

२ वर्षभित्र संरचनाको सुनिश्चितता नभए लगानी फिर्ता गरिने र ५ वर्ष भाडा नलिने नीति लिइएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल बस्ती व्यवस्थापन औद्योगिक क्षेत्रको निर्माणसंगै गरिने बताउनुभयो ।