नेपाल सरकार र विप्लव वीच सहमतीमा हस्ताक्षर


२० फागुन नेपालगञ्ज/ वर्तमान ओली नेतृत्वको सरकारले विप्लव लाई शान्तिपूर्ण राजनितिको धारमा ल्याउन सफल भएको छ ।
नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच सम्पन्न भएको वार्तामा ३ बुँदे सहमतिमा हस्ताक्षर भए पछी विप्लव शान्तिपूर्ण राजनितिमा आएको छ ।

सहमतिमा विप्वलव समूहले सबै राजनीतिक बिषयको समाधान संवादका माध्यमबाट गर्ने, सम्पूर्ण राजनीतिक क्रियाकलापतहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध फुकुवा तथा बन्दीको रिहाई र मुद्दा खारेज लगायतका बुँदा समेटिएका छन् ।

विषेश कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले भोली शुक्रवार सम्बोधन गरेर सरकार र नेत्र विक्रम चन्द विप्लव वीच विस्तृत सम्झौता सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित शीर्षक