नेपालगञ्जमा सातौं राष्ट्रिय महिला भलिबल फागुन २१ देखी २५ गते सम्म


२० फागुन नेपालगञ्ज/ महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ फागुन २१ देखी २५ गते सम्म नेपालगञ्ज स्थित रंगशालामा  सातौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता  हुँदैछ ।

प्रतियोगिता मा विभागिय टोली नेपाल आर्मि, महेन्द्र पुलिस कलव, शसस्त्र प्रहरी, होगाजी न्यू डायमण्ड र स्थानिय लुम्बिनी युनाइटेड गरी ५ वटा टिमले सहभागिता जनाउने भएका छन ।

यस पटकको प्रधानमन्त्री कपमा प्रथम हुनेले ५ लाख रुपैया, दोस्रो हुनेले २ लाख, तेस्रोलाई १ लाख र चौथोलाई ५० हजार रुपैया र ट्रफि प्राप्त गर्ने भएका छन।

प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल मगर ले एक समारोह बीच उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता सफलताका लागि निजि क्षेत्रका विभिन्न व्यवसायिक प्रतिष्ठान र बाँकेका सबै ८ वटै पालिकाहरुले आर्थिक सहयोग रहेको आयोजक बाँके भलिवल संघका अध्यक्ष टिएस ठकुरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ।
पत्रकार सम्मेलनमा नेपालगञ्ज उप-महानगर पालिकका उप प्रमुख उमा थापा मगरले स्वागत मनतब्य राख्नु भएको थियो।

नेपालगञ्जमा आयोजना गरिएको सातौं प्रधानमन्त्री  कपको सद्भावना दुतको रुपमा मिस नेपाल नम्रता श्रेष्ठ लाई नियुक्ती गरिएको आयोजकले जानकारी दिएको छ ।