हाम्रो संरचना बिहिबार, साउन २१, २०७८ 408 Views

२३ फागुन, नेपालगञ्ज/  निर्माण ब्यवसायिक संघ बांकेको ९औं अधिशनबाट निवर्तमान अध्यक्ष टेक बहादुर खडका पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

ठेकेदारहरुको ब्यवसायिक छाता संगठन निर्माण ब्यवसायिक संघमा शनिबार सांझ भएको मतदानमा पूर्व अध्यक्ष समेत रहिसक्नुभएका  जितेन्द्र हमाललाई  टेक बहादुर खडकाले ४५ मत अन्तरले निर्वाचित हुनुभएको हो ।

सरकारसंगको सहकार्यमा निर्माण क्षेत्रमा काम गरिरहेका ठेकेदारहरुको संघमा बांकेमा भएको निर्बाचनमा टेक बहादुर खडकाले २१७ मत र जितेन्द्र हमालले १३० मत प्राप्त गर्नुभएको छ ।

त्यसै गरि टेक बहादुर खडकाको समूहबाट वरिष्ठ उपाध्यक्षमा लिलारमज उपाध्याय, प्रथम उपाध्यक्ष टंक बहादुर खडका, द्धितिय उपाध्यक्ष दिनकर भटराई, महासचिवमा भुपाल वली, आन्तरिक उपमहासचिवमा नरेश बशादुर शाही, कोषाध्यक्षमा मुहतयार कवडिया र सम–कोषाध्यक्षमा माधव शाही निर्वाचित हुनुभएको छ भने हमाल प्यानलबाट उपमहासचिव जय बहादुर खत्री निर्वाचित हुनुभएको छ ।

निर्वाचित सदस्यहरुमा मदन अग्रवाल, टेक बहादुर शाही, मिन बहादुर खत्री, रमेश शाह, , अन्जनी गुप्ता, शोभाकर शर्मा रहनु भएको छ ।
नेपालमा भएका ठुला भ्रष्टाचारमा माध्यमको रुपमा बेलाबखत चर्चा आउने गरेको निर्माण ब्यवसायिक क्षेत्रलाई पेशागत स्वच्छता र मर्यादित गराउन सकेमा भ्रष्टाचार न्यूनिकरण गर्नमा मदत पुग्न सक्दछ ।

शुक्रबार एक सार्वजनिक समारोह बीच सिदार्थ कटेजमा सुरु भएको बांके निर्माण ब्यवसायिक संघको अधिबेशन शनिबार संघको बेलासपुर स्थित कार्यालयमा निर्वाचन प्रक्रिया गरेर सम्पन्न भएको बरिष्ठ उपाध्यक्षमा निर्बाचित लिलाराज उपाध्यायले जानकारी दिनुभएको छ ।