बांकेको बन्दिपुरेहरुले आयोजना गर्नुभएको रनिंग शिल्ड भब्य समारोहका रोचक पक्षहरु…..

२९ मंसिर, नेपालगञ्ज/  मौलिक संस्कति बोकेका परम्परागत बाजागाजा, भेषभुषाका साथ बन्दिपुर बासिन्दाले प्रस्तुत गरेका झाकीहरु यहां शब्दद्धारा बर्णन गरेर साध्य नै छैन ।

आफनै गाउंघरमा जुगौजुग देखी आफना पुर्खाहरुले मनोरञ्जको रुपमा प्रयोग गर्दै आएको नौ मती पञ्चे बाजाको झल्को देखी मेलापातहरुमा पस्तुत गरिने मयुर गररा नाज, पुरुषलाई नै महिलाको बस्त्र पहिरनमा पूरुषद्धारा नाचिने सिंगारु नाच निकै आकर्षक रुपमा प्रस्तुत गर्दै उपस्थित सबै दर्शकहरुलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको छ, बन्दिपुरका बासिन्दाहरु ।

बन्दिपुरबाट अफभ्रष्ट भई बद्रीपुर हुदै हाल एफ गाउंले परिचित रहेको उक्त बांकेको खजुरा गाउंपालिका वडानम्बर ४ मा रहेको जनकल्यान माध्यमिक बिद्यालयको प्रांगनमा हिजो फागुन २८ गते देखी सूरु भएको रनिंग शिल्ड प्रतियोगिताको उदघाटनको सत्रमा प्रस्तुर गरिएका झांकि, मार्चपास निकै आकर्षक रुपमा प्रस्तुत गनुृभएको छ बन्दिपुरेहरुले ।

स्मरर्णिय र उदारर्णिय के छ भने उक्त शिल्ड प्रतियोगितालाई बिद्यार्थीहरुका लागि एउटा उत्सवको रुपमा मनाउने गरि अगाढी सारिएको छ । के सरकारी, के बोर्डिग, के मर्दशा सबैलाई अनिबार्य उपस्थितका लागि प्रोत्साहित गरिएको उक्त कार्यक्रममा सबैलाई समानताका आधारमा जिम्मेवारी बांडफांड देखी बोडिंग र सरकारी बिद्यालयको फरकपनको ब्यबहारीक रुपमा हटेको आभास उक्त कार्यक्रममा देखिन्थ्यो ।

बोडिग देखी सरकारी स्कुलका शिक्षक शिक्षिका सबै मिलेर कार्यक्रम सफल पार्न आ–आफनो जिम्मेवारी निभाएको देखिन्थ्यो ।
बिद्यालयकै पोशाकमा शिक्षक शिक्षिका देखी स्थानिय बन्दिपुर बासिन्दाहरु आमन्त्रीत पहुना देखी सहभागीहरुलाई खाना देखी बसाईको ब्यवस्थापनमा जुटेको देख्mदा लाग्थ्यो यो कुनै एउटै आकर्षक घरका परिवारहरु ।

खजुरा गाउंपालिकाका सबै ६५ बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुको प्रतिनिधित्व रहेको उक्त शिल्ड प्रतियोगितालाई बिद्यार्थीहरुलाई आकर्षण गर्न एउटा उत्सवकोरुपमा मनाउने गरि उक्त कार्यक्रम आयोजना गरिएको छ ।

आमन्त्रित पाहुना देखी सहभागीहरुलाई बिद्यालयमा नै मासुभात लगायतका आवश्यक खाद्य ब्यवस्था गर्नुभएका बन्दिपुर बासिन्दाहरुको ब्यापार पनि त्यत्तीकै फस्टाएको थियो ।

कार्यक्रम आयोजना गरिएको बिद्यालयको बाहिर लस्करै लागेका अस्थाई स्थानिय ब्यापारीहरुले आफनो समान बेच्न भ्याई–नभ्याई गरेका दृष्य कम रोचक थिएन । हल्का गर्मि चढीसकेकाले असिन्यौल पसिन्यौ हुदै मन्द मुस्कानका साथ आफुले बनाएका ताजा–ताजा जलेबी, पकौडी, टिकिया बेच्दै हुनुहुन्थ्यो भने केही केटाकेटीका लागि चाहिने खेलौनाहरु देखाउदै र केही केटाकेटी झुण्ड–झुण्डमा एक आपसमा गफिदै गरेको दृष्यहरु कुनै मेलापातको भन्दा कम आकर्षक थिएनन ।

निकै आकर्षकरुपमा सूरुवात गरिएको रनिंग शिल्ड प्रतियोगिताको त्यस क्षेत्रमा पूराना डाक्टरका रुपमा चिरपरिचित प्रदेश नम्बर ५ का सांसद माननिय बाबुराम गौतमले शालिन शब्दमा आफनो भनाई राख्दै परम्परागत शैलीमा पानसमा दियो बालेर उदघाटन गर्नुभएको थियो ।

कार्यक्रमकोउदघाटन सत्र खजुरा गाउंपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीको अध्यक्षतामा भएको थियो ।
उक्त महोत्सवरुपी रर्निग शिल्ड प्रतियोगिता चैत्र १ गते एक औपचारिक समारोको आयोजना गरि समापन गरिने भएको छ ।

 

खजुराको बद्रीपुरमा शैक्षिक खेलकुद महोत्सव