खजुराको एफ गाउंमा सञ्चालित अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

१ चैत्र, खजुरा/  खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा फागुन २८ गते देखी संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता आज चैत्र १ गते आईतबार खजुराको एफ गाउ स्थित जनकल्याण माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।

प्रतियोगितामा माध्यमिक बिद्यालय तर्फ खजुराको जनता नमूना माविले नगद सहित शिल्ड उचालेको छ भने निम्न माध्यमिक तर्फ दीपक इंग्लिस मिडियम स्कुलले शिल्ड उचाल्न सफल भएको छ ।

मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् । निमावि तर्फ मनकामना आधारभूत दोस्रो र सिटिजन तेस्रो भएका छन् ।आधारभूत १ देखि कक्षा ५ सम्म मर्निङ स्टार एकेडेमी प्रथम, आदर्श दोस्रो र ज्ञानोदय तेस्रो भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, वडा नं ४ का वडा अध्यक्ष तिलकवीर सुनार, आयोजक जनकल्याण विद्यालयका प्रअ भीम बहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती सुनार, प्याब्सनका निबर्तमान अध्यक्ष दीपक आचार्य, शिक्षा शाखा कर्मचारी लगायतले पुरस्कर तथा प्रमाणपत्र र शिल्ड बितरण गर्नुभएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि बांके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले शिक्षा, स्वास्थ्यलगायत सबै कुरामा खजुरा अगाडि रहेको भन्दै यही गतिमा अघि बढ्न आग्रह गर्नुभएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाइ नमूना बनाउन शिक्षा, स्वास्थ्य कृषि लागायतमा जोड दिदै रनिङ शिल्ड, शैक्षिक महोत्सवको रुपमा गर्दै आएको र बिकासका क्षेत्रमा पनि नमुनायोग्य अन्य सुचक पूरा गर्दै आएको सो अवसरमा बताउनु भएको छ ।

कक्षपतिले खजुराको गौरवको आयोजनाका रुपमा रहेको खेल क्षेत्रमा लागानी, प्रतिभा देखाउने थलोको रूपमा रनिङ शिल्ड भएको उल्लेख गर्नुभयो ।यस बर्षको रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी पाएको विद्यालय जनकल्याण माबी एफ गाउका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्ती सुनारले गाउँपालिकाले शिक्षा क्षेत्रलाई अगाडि बढाउन उर्जा थपेको बताइन् ।