एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी


२ चैत्र, नेपालगञ्ज/ नेपालगञ्जमा सोमबार देखी एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ ।

नेपालगञ्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ ।

स्टार सिटी युवा क्लबको तर्फबाट रुप बहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्याच बनेका रुप बहादुरले ३ मिनेट र ८१ मिनेटमा गोल गरेका थिए ।

दिपक सिंह ठकुरीले ४६ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याचलाई बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले नगद रु. ५ हजार सहित सम्मान गर्नु भयो ।

सोमबार एक समारोहका बिच प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्नु भएको थियो ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।