६ चैत्र, नेपालगञ्ज/ नेपालको सर्वागिंन दिगो बिकासका निम्ती अत्यन्तै प्रभावकारी टुल्स मानिएको हेफर आधारशिला १० दिने तालिम शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
मानव बिकास बिना भौतिक बिकास दिगो र प्रभावकारी नहुने भएकाले मानवहरुको सकारात्मक समग्र बिकासका लागि हेफरको आधारशिल्ला तालिम अत्यन्तै प्रभाकारी मानिएकाले बांकेको खजुरा गाउंपालिकाले आफना परियोजना क्षेत्रमा खटिएका ब्यक्तीहरुलाई उक्त तालीमको अवसर जुटाएको हो ।
बांकेको खजुरा गाउंपालिकाले हेफर प्रोजेक्ट नेपाल र इन्रुडेक बांकेको सहकार्यमा आर्थिक बृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत हेफर आधारशिला तथा प्रशिक्षक प्रशिक्षण तालिममा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम तथा तालिम निर्देशक बुद्धि बहादुर खत्री र तालिम अधिकृत सकुन्तला रसालीले सहजीकरण गर्नुभएको थियो ।
खजुरा गाउंपालिकाका करीब १६ सय घरधुरी परिवारका सदस्यहरुको समाजिक पुंजी सहित आर्थिक समृद्धिको महत्वाकांक्षी लक्ष्य बोकेको उक्त परियोजनामा करीब ३ बर्षमा ५ करोड बराबरको बजेट अनुमानित गरिएको छ ।
खजुराको समृद्धिको मुख्य आधारकोरुपमा अगाढी सार्न खोजिएको उक्त महत्वाकाक्षी परियोजनामा हाल हेफरको प्राबिधिक पक्ष समेटने गरि अधिकतम २५ प्रतिशत र गाउंपालिका आफैले ७५ प्रतिशत बजेट बेहोर्ने गरि गाउंपालिकाकै अग्रसरतामा उक्त परियोजना लागु गरिएको हो ।
परियोजनामा प्रत्यक्ष संलग्न ब्यक्तीहरुलाई हेफर आधारशिला तालिम समापनको क्रममा प्रमुख अतिथिको रुपमा आउनुभएका नगर उन्मुख खजुरा गाउंपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिदेशी दात्रृ निकायको मुख नताकेर आफनै स्रोत र साधनको जोहो गर्दै खजुराका जनताको समृद्धिका लागि गाउंपालिका रातदिन नभनि लागिरहेको र त्यसैक्रममा नेपालमा दिगो र प्रभावकारी बिकासको लागि नेपालमा चर्चा कमाएको हेफरको टुल्सलाई आधार बनाएर खजुराका बासिन्दाको अनुहारमा मुस्कान सहितको बिकासका लागि आफुलागिरहेको बताउनु भयो ।
प्रमुख कक्षपतिले आफनो पालिकाका बासिन्दाको छिटो र प्रभावकारी बिकासका लागि कुनै कसर बांकी नराखेर आफु आवश्यक चारैतिर दौडधुप गरिरहेको र यसको परिणाम जनताले छिटटै महसुस गर्ने बताउनु भयो ।
उक्त तालिम समापनको क्रममा तालिमका मुख्य सहजकर्ताको रुपमा रहनुभएका हेफर इन्टरनेशनलका कार्यक्रम तथा तालिम निर्देशक बुद्धि बहादुर खत्रीले मानवको सकारात्म सर्वागिन बिकासका लागि हेफरको आधारशिला तालिमको टुल्स अत्यन्तै प्रभाकारी भएकाले यसको माग सबैतिर बढीरहेको जानकारी गराउदै तालिमबाट सिकेका कुराले आफु परिवर्तन हुदै आफना गाउंठाउंमा सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भुमिका निर्बाह गर्न सहभागीहरुबीच आसा ब्यक्त गर्नुभएको थियो ।
सो क्रममा इन्रुडेकका अध्यक्ष धर्म रोकाय, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत सरद पोख्रेलले बिचार ब्यक्त गर्नुभएको थियो ।
हाम्रो संरचना । ६ चैत्र २०७७, शुक्रबार २२:१५