
न माफ गर्छ शहर, न झुक्किन्छ गाउँ अब।
अहँ बाँकी छैन कतै, तिम्रा लागी ठाउँ अब।
न तिमीलाई देशको माया, न त जनताको,
जस्को निम्ति काम ग-यौ, उतै तिर जाउ अब।
लुटेको धन जोगाई राख,पछि काम लाग्ला,
जति मार्नु मा-यौ बाजी, फर्किदैन दाउ अब।
पार्टीलाई हराएर,जात्रा ग-यौ लड्डु खायौ,
विरताको तक्माहरु, छाती भरी लाउ अब।
छोड दम्भ, ईर्ष्या, कुण्ठा, ग्रह दशा बिग्रि सक्यो,
छोड्ने छैन तिमीलाई, जीवनमा राहु अब।
किन बस्छौ सडकमा ?अझै पनि समय छ,
महसुुस गरी गल्ती, आफ्नै घर आउ अब।
****
हाम्रो संरचना । ८ चैत्र २०७७, आईतवार ०७:०१