राप्तीपारीको नरैनापुरमा फेरी आगलागी

नरैनापुर गाउंपालिका वडानम्बर ६ मा पर्ने चौबिस बिघा आगलागी घटना ।

१० चैत्र, नेपालगञ्ज / गर्मिको मौसम बढेसगै बांकेमा आगलागिका घटनाहरुमा बृद्धि हुन थालेका छन । मंगलबारदिउसो बांकेको राप्तीपारी नरैनापुरमा आगलागीको घटना दोहरिएका छन ।

मंगलबार अपरान्ह करीब १ बजे बांकेको राप्तीपारी नरैनापुर गाउंपालिका वडानम्बर ६ मा पर्ने चौबिस बिघा भन्ने ठांउ खरले छानो छाएका घरमा आगलाी हुदा ६ वटा घर पूर्णरुपमा १ वटा आशिक गरि ७ वटा घरमा आगलागि घटनाले क्षती पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेका अनुसार आगलागि घटनाका पिडितहरुलाई जिल्ला ततकालै जिल्ला विपद व्यवस्थापन समिति बाकेको तर्फबाट प्रतिघरपरिवार १५ हजार, रेडक्रस सोसाईटिले बन्दबस्तिका सामान तथा नरैनापुर गाउँपालिकाको तर्फबाट खानाको ब्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभएको छ ।

उक्त आगलागि घटनामा नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको र आगलागीबाट मानविय क्षती भने नभएको प्रजिअ कुरुम्वाङले जानकारी दिनुभएको छ। केही दिन अघि मात्र आगलागीबाट नरैनापुरको सुईया गाँउका २२ घर जलेर नष्ट भएका थिए ।