करणीको कृत्रिम आरोप लगाउने युवती नेपालगञ्ज कारागार चलान

प्रहरी पक्राउ गरी जिल्ला अदालत बांकेमा बुभाएको इन्द्रा

१२ चैत्र, कोहलपुर/  २५ बर्षिय सुन्दर युवती ईन्द्राले आफुलाई बलजफती जबरजस्ती करणी गरेकोले इलाका प्रहरी कार्यालय कोहलपुरमा अभियुक्तलाई कानुनी कार्बाहीका लागि उजुरी दिइन ।

प्रहरीले युवतीमाथी जबरजस्ती करणी गरेको उजुरी र युवतीको साबिति बयानको आधार निजकै चिनजानेको ब्यक्तीलाई प्रहरीले पक्राउ गरी कानुनी कार्बाहीका लागि हिरासतमा लियो ।

प्रहरीले छानबीन पनि ग–यो पिडितको बयानको आधारमा आवश्यक सबै अनुसन्धान प्रक्रिया पु–याएर जिल्ला सरकारी वकीलको कार्यालय मार्फत सम्मानतीत जिल्ला अदालत बांकेमा कानुनी कार्बाहीका लागि मुद्धा प्रक्रिया क्रममा युवतीले एका-एक बयान फेरीन ।

आफुले बयानमा उल्लेख गरेको ब्यक्तीले आफुलाई जबरजस्ती करणी नगरेको अदालतको कठघरामा बसेर  बयान दिइन ।

न्यायधिसको सामुन्य जवरजस्ती करणीको फाइल पेश भएपछी युवतीको बयान र कागजात को आधारमा   न्यायधिशले पनि उक्त पेशीको क्रममा नै बाँके जिल्ला कोहलपुर नगरपालिका वार्ड नम्बर ७ बस्ने बर्ष २५ को ईन्द्रा कुमारी भण्डारीले जबरजस्ति करणी मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेमा वयान दिने क्रममा झुटो जाहेरी दरखास्त दिएर प्रतिकुल वयान दिएको ठहर गदै इन्द्रालाई गत २०७३ साल कार्तिक ७ गतेको फैसलाले १० दिन कैद र १ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

उक्त फैसला भएपछी निज ईन्द्रा कुमारी भण्डारी हाल सम्म फरार रहेकोमा निजलाई जिल्ला प्रहरी कार्यालय बांकेको बिशेष प्रहरी टोलिले यहि २०७७ साल चैत्र ८ गते नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बांकेले जानकारी दिएको छ ।

पहिल्य आफु खुशि सहबास गर्ने र कुरा र मन नमिलेको दिन जवरजस्ती करणीको अभियोगका घटनाहरु पनि बाहिरी रहेको समयमा बांकेमा जवरजस्ती करणी केस आपसी रकम लेनदेनमा नमिलेका पनि कम छैनन।

इश्वर मास्टर सापले करीब ४५ लाख खर्च गरेर केस रफा दफा गरेको, समाज सेबी, अधिकारी कर्मि, पसले आईमाई, युवती छनीक समयको आनन्दका लागि बाध्यताबस लाखौं रुपैयाको मुल्य चुकाउनु परेको पिडा भोग्नेहरुको नेपालगञ्जमा फेहरिस्त लामै बन्दै गएको जिल्ला प्रहरी कार्यालयको रिपोर्टमा दर्ज भइइकेको छ ।