१२ चैत्र, नेपालगञ्ज/ पश्चिम नेपालको मुख्य द्धारको रुपमा रहेको कोहलपुरबाट १२ किलो चरेश सहित बांके प्रहरीले २ जनालाई पक्राउ गरि बिहिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार कोहलपुर नगरपालीका वाड नम्बर १२ चप्परगाढमिा रहेको न्यू सुदुरपश्चिम बाजुरा स्टाफ होटेलमा चरेहको कारोबारो भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारी खानतलासी गर्दा होटेलको कोठा नम्बर १०१ मा बसेका २ जना ब्यक्ती र उक्त ब्यक्तीहरुबाट १२ केजी चरेश फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उक्त होटेलमा छापा मार्दा १०१ नम्बर कोठामा रहेका रोल्पाको सुनील स्मृती गाउंपालीका वडानम्बर ७ का रुद्र बहादुर बुढा र रुकुम पूर्व भुमे गाउंपालीका वडानम्बर ७ का रबि पुन फेला पारी नियन्त्रणमा लिएको उक्त ब्यक्तीहरुले बोकी ल्याएको जेब्रो झोला खानतलासी गर्दा खैरो रंगको प्लासटी टेपले बेरी १२ वटा पोका पारी राखीएको १२ किलो चरशे पक्राउ गरि नियन्त्रणमा लिइएको र उक्त घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बांके प्रवक्ता प्रहरी नायब उपरिक्षक शुवास खडकाले जानकारी गराउनु भएको छ ।
अन्र्तराष्ट्रिय बजारमा उक्त चरेशको मुल्य अध्याधिक भएपनि नेपाली बजारमा लाखों मुल्यको रहेको छ । नेपालमा चरेशलायृ लागु औषधको रुपमा लिएर त्यसलाई गैर कानुनी मान्दै कडा सजाएको ब्यवस्था रहेको छ ।
हाम्रो संरचना । १२ चैत्र २०७७, बिहीबार १२:१९