१२ चैत्र, नेपालगञ्ज/ होसीयार ! आफनै साथीले खाद्य बस्तुमा लागु औषध मिसाएर सेवन गराई बेहोस बनाई करणी गरेको आरोपमा बांके प्रहरीले १ जना युवालाई पकउ गरि कार्बाही प्रक्रिया अगाढी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार बांकेको नेपालगञ्ज उप-महानगरपालीका वडा नम्बर २० रांझा निवासी १९ बर्षिय युवतीलाई घुम्न जाने भनी मोटरसाइकिलमा बसाली कोहलपुर नजिकै रहेको गाभर भ्याली होम स्टेमा लगी जुसमा नाईट्राजेपाप नामक लागु पदार्थ मिसाई खुवाएर बेहोस बनाई करणी गरेको घटनामा संलग्न भई फरार भएका १ जना युवालाई काठमाण्डौंको हांडीगाउं बाट पक्राउ गरेको जनाएको छ ।
बांके प्रहरीका अनुसार हुम्ला सर्केगाड गाउंपालिका वाड नम्बर १ साबिक जैर गाबिस वाड नम्बर २ घर भई नेपालगञ्जको रांझां बस्ने बर्ष २४ को मिम बहादुर बुढाले सोही ठाउं निवासी केटी साथीलाई घुम्न जाम भनी होम स्टेमा लगी जुसमा लागु औषध मिसाई खुवाएर जबरजस्ती करणी गरि फरार रहेकोले पिडितको उजुरीको आधारमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको सहयोगमा पक्राउ गरि कार्बाही प्रक्रियामा ल्याईएको जनाएको छ ।
हाम्रो संरचना । १२ चैत्र २०७७, बिहीबार १२:४७