अपराजित हुँदै स्टार सिटी प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन

१४ चैत नेपालगन्ज/ सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दैे एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बनेको छ ।

आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ ।

आइतबारको नतिजासँगै स्टार सिटी १६ अंक सहित शिर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंक सहित दोस्रो, मनकामना युवा क्लब रौतहट तेस्रो र त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन ।
च्याम्पियन बनेको स्टारसिटीले १० लाख, दोस्रो धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त ग-यो ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट रक्षक स्टारका धन राज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र सिह थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए ।

उनीहरुले समान रुपमा जनही २५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर विष्ट घोषित भए । उनले नगद रु ५० हजार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घ बहादुर केसी, लगायतले पुरस्कृत गरे ।
चैतको २ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष चार टिम र सहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन ।

सम्बन्धित शीर्षक