१८ चैत्र, नेपालगञ्ज/ नेपाल सरकारले ग्रामिण बिधुतीकरणलाई प्रथामिकतामा राखेर बिधुत बिस्तार गर्ने निति तथा कार्यक्रम अन्तरगत बांकेको बिकट ठाउं मानिएको राप्तीपारी बिधुत बिस्तार कार्यमा स्थानिय निकायहरुले पनि सक्रियता देखाउदै आएका छन ।
बांके जिल्लाको पुर्बी उत्तर क्षेत्रमा पर्ने राप्तीसोनारी गाउंपालिकाले आफनो क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बिधुत बिस्तार परियोजना सञ्चालन गरी स्थानिय बासिन्दालाई बिधुतीकरण संग जोडने कार्यलाई तिब्ररुपमा अगाढी बढाएको छ ।
अध्यारोबाट मुक्त जनजिवनका लागि राप्ती सोनारी गाउंपालिकाले गत आर्थिक बर्ष ०७६/०७७ मा बिधुत सम्वन्धी निति तथा कार्यक्रम पारीत गरी राप्तीसोनारी गाउंपालिकाको वडानम्बर ३ बैशामा गत बर्षको चैत्र ६ गते पहिलो पोल गाढेर सुरुपात गरिएको बिधुतीकरणले वडानम्बर ३ अध्यारोबाट मुक्त गरिएको छ ।
त्यसै गरी वडानम्बर ४ मा पनि अधिकांस ठाउंमा बिधुत बिस्तारको कार्य सम्पन्न भईसकेको गाउंपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभएको छ ।
गा्रमिण क्षेत्रमा बिधुत बिस्तार सगै बांके जिल्लाको बिकट क्षेत्र मानिएको राप्तीपारीका सबै घरमा बिधुत बिस्तार कार्यलाई बिधुत प्राधिकरणले पनि प्रथामिकताका साथ आफनो कार्य अगाढी बढाएको र यसमा जनप्रतिनिधि तथा स्थानिय जनताको साथ र सहयोग निरन्तर रहेको बिधुत प्राधिकरण धामपुर उपकेन्द्रले बताएको छ ।
आज बुधबार बिधुत बिस्तार कार्य सम्पन्न भएकोमो वडानम्बर ३ का अध्यक्ष, गाउंपालिकाका अध्यक्ष लगायतको समूहले उक्त बिधुत बिस्तार कार्यको १ बर्ष अघी गरिएको शिलन्यास आज एक समारोह बीच बिधुत हस्तान्तरण तथा उदघाटन गरिएको छ । उक्त बिधुत बिस्तारका लागि गाउंपालिकाले ३ करोड ५४ लाख ४५ हजार रुपैया बिनियोजन गरेको थियो ।
गाउंपालिकाको तर्फबाट राप्तीसोनारीको वडानम्बर ३ मा विद्युतिकरण गरिएको खुशियालीमा स्थानिय बिद्यार्थी तथा बासिन्दाहरु भेला भएर झांकी सहित अबिर जात्रा समेत गरेका छन् । गाउपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री , वडानम्बर ३ का वडा अध्यक्ष गंगाराम थारु विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन प्रमुख सुभाष गौतम लगायतको उपस्थितमा स्थानीयले अविर माला लगाई अध्यारोबाट मुक्त भएको खुशियालीमा उत्सव मनाएका छन ।
हाम्रो संरचना । १८ चैत्र २०७७, बुधबार १७:३७