३ बैशाख,नेपालगञ्ज/ सुर्खेतको वीरेन्द्र नगर बाट धरान तर्फ जाँदै गरेको यात्रु वहाक बस र टिप्पर शुक्रबार अपरान्ह कोहलपुर, रोहिनी खोला नजिकै एक-आपसमा ठोक्किएर दुर्घटना हुदा कम्तीमाा ४ जनाको मृत्यु र ३ दर्जन घाइते भएका छन।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार सुर्खेत बाट काठमाडौं गइहेरो मे १ ख ३३४७ नम्बरको बस र पूर्व बाट पश्चिम कोहलपुर तर्फ अनटेष्ट लेखिएको टिप्पर ठोक्किएर दुर्घटना भएको जानकारी प्राप्त भएको जानकारी दिनु भएको छ।
घटना पछी बाँकेका डिएसपी सुभाष खडका लगायतको टिम राहत तथा उद्दार गरी घाइते हरुलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । घाइते मध्य ८/१० जना सिकिस्त र ५ जनाको मुत्यु भईसकेको उद्दार कार्यमा संलग्न ब्यक्तीहरुले बताउनु भएको छ ।
दुर्घटना ठुलो भएको ले उद्दार कार्यमा १ क्रेन ३ वटा स्काई भाइवेटर सहित सेना, शसस्त्र र जनपद प्रहरीको ठुलो संख्या परिचालन गरिएको र घटनामा मुत्यू हुनेको संख्या वढन सक्ने बताइएको छ ।
हाम्रो संरचना । ३ बैशाख २०७८, शुक्रबार १९:४१