कोरोना कहर-२: नेपालगञ्जमा २० बर्षिय स्टाफ नर्सको मृत्यु (अपडेट)

Photo File: COVID-19 CCMC, Banke

६ बैशाख,नेपालगञ्ज/ कोरोना संक्रमणका कारण सोमबार विहान नेपालगञ्ज स्थित भेरी अस्पतालमा २० बर्षिय स्टाफ नर्स अनिशा वलीको मृत्यु भएको छ ।

स्टाफ नर्स अनिशा वली

भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाका अनुसार दांग तुल्सीपु वडा नम्बर ६ निवासी अनिशाको कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई भेरी अस्पतालमा उपचार भइरहेकोमा सोमबार विहान १०:३० बजे मृत्यु भएको जानकारी दिनुभएको छ ।

दांग स्थित  राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा कार्यरत स्टाफ नर्स अनिशाको आमा पनि कोरोना संक्रमण बाट गम्भीर बिरामी भई अस्पतालमा उपचार भइरहेको छ।

तुलसीपुर उप-महानगरपालिका वडा नं. ११ स्थित बिवाह भएकी वलीले करिव २ महिना पहिले मात्रै छोरीलाई जन्म दिएको र सुत्केरी बिदा तुलसीपुर ६ स्थित माइती  बसेको समयमा अनिशालाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीका अनुसार हालसम्म तुलसीपुरमा कोरोनाका कारण २५ जनाको मृत्यु भइसकेको छ।